// रमेश कुमार यादव //
रौतहट,०५ भदौ। जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याएको झन्डै २ सय किलो माछा बरामद गरेको छ ।
प्रहरीका अनुसार गौर नगरपालिका–६ बैरिया पुलस्थित बुधबार बिहान गस्तीको क्रममा भारतबाट लुकीछिपी नेपाल भित्र्याउन लागिएको माछा फेला परेको हो । प्रहरीलाई देखेपछि माछा ल्याउने व्यक्ति फरार भएका थिए । झन्डै २ सय किलो माछा प्रहरीले संचारकर्मीको रोहबरमा नष्ट गरेको हो ।
प्रहरीले उल्लेख गरे अनुसार, उक्त माछा विभिन्न साना सवारी साधनमार्फत सीमाबाट नेपाल भित्र्याइएको थियो । खुला सीमानाकाको फाइदा उठाउँदै तस्करहरुले यो कार्य गरेका थिए । ख्ुल्ला सिमानाकाको फाईदा उठाउर्दै भारतबाट यहाँ अवैध रुपमा माछा, कुखुरा ल्याउने गर्छन् ।
यसअघि पनि यस्ता अवैध सामानहरु सीमाबाट भित्र्याइएको थियो, तर यो पटक गस्ती टोलीले तस्करहरुको योजना विफल पार्न सफल भएको हो। बरामद गरिएको माछालाई तत्कालै नष्ट गरिएको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले अवैध तस्करी रोक्न कडा निगरानी राख्न सुरु गरेको छ ।
साथै, सीमा क्षेत्रका बासिन्दाहरुलाई पनि यस्ता अवैध कार्यमा संलग्न हुन नदिन सचेत गराइएको छ । प्रहरीले अवैध सामानहरुको तस्करीलाई निरुत्साहित गर्न र स्थानीय व्यापारिक गतिविधिहरुमा पारदर्शिता कायम राख्न गस्ती र निगरानीलाई थप सशक्त बनाउने योजना बनाएको छ ।
स्थानीय बासिन्दाले पनि यस किसिमका अवैध गतिविधिहरुमा संलग्न व्यक्तिहरुलाई जानकारी दिन आग्रह गरिएको छ । यस घटनाले सीमा सुरक्षा र अवैध तस्करी नियन्त्रणको आवश्यकता पुनः उजागर गरेको छ । प्रहरी र अन्य सुरक्षाकर्मीले भविष्यमा यस्ता घटनाहरु नदोहोरियोस् भनी आवश्यक कदमहरु उठाउने बताएका छन् ।