रमेश कुमार यादब
भदौं ०६, रौतहट रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १० बालचनपुरमा सशस्त्र प्रहरीले १६ किलो अवैध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय चन्द्रपुरको सहयोगमा संयुक्त रुपमा सो गाँजा बरामद गरेको हो ।
प्रहरीको टोलीले बालचनपुरस्थित गौतम साहको घरमा छापा मारेको थियो, जहाँ साहको घरमा गौर नगरपालिका वडा नम्बर ६ सबगढाका कविलासी साहले कोठा भाडामा लिएर बस्दै आएका थिए । प्रहरीले उक्त कोठामा चेकजाँच गर्दा प्याकिंग
गरिएको अवस्थामा १५ किलो ९६० ग्राम लागुऔषध गाँजा फेला पारेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सञ्चालन गरिएको उक्त अपरेशनमा प्रहरीले लागुऔषध बरामद गरी अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार कोठा भाडामा लिएर बसेका कविलासी साह आफै रोजगारीको शिलशिलामा भारतको पञ्जावमा रहेको उनको श्रीमती ललिता साह बस्दै आएको कोठाबाट उक्त परिमाणको गाँजा बरामद गरिएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
वहाँले भने जवकि कविलासी साह पंजाव रहेको समयमा यति ठुलो मात्रा अबैध गाँजा साहको श्रीमति ललिता साहसंगै अन्य ब्यतिmहरुको संम्लग्नता रहेको हुन सक्ने प्रहरीको आशंका रहेको छ भने बरामद गाँजा सम्बन्धी थप अनुसन्धान गरिरहेको छ । उक्त घरमा संयुक्त टोली पुग्नासाथ ललिता साह फरार भएको तथा बरामद गरिएका लागु औषध गाँजा इलाका प्रहरी कार्यालय चन्द्रपुरमा राखिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले भने ।
यस प्रकारको घटनाले रौतहट जिल्लामा लागुऔषध सम्बन्धी आपराधिक गतिविधि बढ्दै गएको संकेत गरेको छ । स्थानीय जनताले यस्ता अवैध क्रियाकलापलाई निरुत्साहित गर्न सुरक्षा निकायलाई अझ सक्रिय हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।साथै, यस्ता गैरकानुनी गतिविधिहरू रोक्नका लागि जनसहभागिताको महत्त्वपूर्ण भूमिका रहने जनाइएको छ। प्रहरीले अवैध लागुऔषधका कारोबारीहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ र स्थानीय बासिन्दालाई कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्तै प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ।