वर्तमानकाल सम्वाददाता
भदौं ०७, गते ।
गौर बाट पोखरा तर्फ गईरहेका यात्रुबाहक बस चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा शुक्रवार दिउसो दुर्घटना हुँदा २५ जना यात्रु घाईते भएका छन् । रौतहटको गौरबाट पोखराका लागि छुटेका ग.२ ख. ४७ नम्वरको यात्रुबाहक बस माथि चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्वर २९ सत्रकिलोमा आज दिउसो १.५० बजेको समयमा माथिबाट ढुंगा खस्दा चालक अत्तालिदा बस दुर्घटना भएका हुन् ।
आफनो गन्तव्यमा गईरहेका बस माथि ढुंगा खसेपछि चालक अत्तालिएर बस अनियन्त्रित भई सडकमै पल्टिएको चितवन
प्रहरीले जनाएको छ । दुर्घटनामा परेर २५ जना यात्रुहरू घाइते भएका मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
बारा निजगढ नपा ८ का २६ वर्षीया सबिना थापा, रौतहट चपुर नपा ८ का ४६ वर्षीय जनक नारायण चौधरी र उनका छोरा १८ वर्षीय इनद्रजित चौधरी, गौर नपा २ का १७ वर्षीया सन्ध्या साह, भरतपुर महानगरपालिका २९ का २७ वर्षीया पूजा न्यौपाने, ४८ वर्षीया मनरूपा न्यौपाने र कास्कीको पोखरा महानगरपालिका १७ का ४० वर्षीया सावित्री थापा मगरको भरतपुर स्थित सरकारी अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।
कटहरिया नगरपालिका १ का २५ वर्षीय सिनोज दास, चन्द्रपुर ८ मंगलपुरका २० वर्षीय लालबाबु दास, वृन्दावन नपा ६ का २२ वर्षीय विक्रम दास, बसका सहचालक निजगढ नपा ५ का ४३ वर्षीय अर्जुन चौलागाइ, गरूडा नपा ४ का २० वर्षीय पवन साह र गरूडा नपा ७ बस्ने १५ वर्षीय अनोस साह, जितपुर सिमरा १ का २४ वर्षीया उन्नती उपाध्याय र उनका श्रीमान अनदीप धिमाल अवस्था मध्यम रहेको हुँदा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाए ।
यस्तै गढीमाई नपा ६का ४८ वर्षीय शैलेन्द्र यादव, उनको १८ वर्षीय छोरी अर्चना यादव, वृन्दावन नपा ६ का २२ वर्षीय दिनानाथ दास, परोहा नपा ७ का ३४ वर्षीय मोहम्मद.खैयाज, वृन्दावन नपा ६ का १७ वर्षीय नौराज कुमार साह, गौर नपा ५ का ५० वर्षीय नबिन कुमार केसरी, वृन्दावन नपा ६ का १८ वर्षिय अजय कुमार दास, गौर नपा ९ का २१ वर्षीया ढली ठाकुर र उनकी २० बर्षिया बहिनी दिव्या ठाकुर सामान्उ घाइते भएकी छिन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरीले जनाएको छ ।
घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ । बसमा करिव ३५ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । ढुंगा लागेर बसमा क्षति पुगेको छ । पल्टिएको बस अहिले पनि घटनास्थलमै छ ।