भदौ ११ गते, रौतहट
रौतहटमा प्रशासनले कुनै पनि चाडपर्वमा अश्लीलल्ता झल्किने खालका नाचगान गर्न पुर्ण रूपमा लगाएको प्रतिबन्धको ठाडो उल्लंघन गरिएको पाइएको छ ।
जिल्लामा कुनै किसिमको मेला, महोत्सव वा कार्यक्रम गर्दा समाजमा अश्लिल्ता फैलिने गरि अश्लीलल छाडा भोजपुरी गीतमा उतेजित नाचगान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले रोक लगाएको छ ।
तर जिल्ला प्रहरी कार्यालय रौतहटले लगाएको प्रतिबन्धको अवज्ञा अर्थात उल्लंघन गर्दै जिल्लाको ठाउँ ठाउँमा विभिन्न चाडपर्वको अवसरमा लाग्ने मेलामा खासगरि टिकटकमा अश्लीलल्ता फैलाएका टिकटकिया कलाकारलाई बोलाएर अश्लील भोजपुरी गीतमा नचाउने कार्य भइ नै रहेको देखिएको छ ।
विभिन्न चाडपर्वको नाममा गाउँगाउँमा दिन र रातको समयमा अश्लीलता झल्किने किसिमका भोजपुरी गीत गाउने, लवण्डा नचाउने, आर्केस्टा नचाउने, मनोरञ्जनको नाममा जुवा जेल्ने/खेलाउने जस्ता कारणले गर्दा विभिन्न ठाउँमा एक आपसमा झैझगडा तथा कुटपिट हुने, ढुङ्गामुढा गर्ने, विभिन्न मानिसको धन सम्पत्ति क्षति हुन थालेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले अश्लील कलाकारलाई नचाउन प्रतिबन्ध लगाइसकेको छ ।
धार्मिक, सांस्कृतिक, राजनैतिक आदि कुनै किसिमको नाचगान हुने वा भिडभाडजस्ता कार्यक्रम गर्नुपर्दा कार्यक्रम आयोजना गर्नुभन्दा अघि अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट अनुमति लिई सम्बन्धित निकायबाट तोकिए अनुसार कार्यक्रम गर्न र गराउन जिल्ला प्रहरी कार्यालय रौतहटले सूचित गराएको छ ।
तर प्रशासनले दिएको आदेश विपरीत सोमबार राती देवाही गोनाहि नगरपालिका-९ धरहरि, राजपुर नगरपालिकाको भेडियाहि लगाएत ठाउँमा टिकटकिया कलाकारलाई अश्लील भोजपुरी गीतमा नचाउने कार्य गरिएको पाइएको छ ।
ती अश्लील कलाकारहरुले सानो कपडा लगाएर अश्लील भोज्पुरी गीतमा डान्स गरेकै कारण राजपुरको भेडियाहिको कार्यक्रममा युवाहरुबिच झैझगडा भइ कुटाकुट भएको भिडियो यतिखेर समाजिक सञ्जालमा भाइरल भएको छ ।
टिकटकमा नाच्ने महिला कलाकारले मान्छे उतेजित हुने खालका शरिरका संवेदनशिल अंग देख्ने गरि सानो कपडा लगाएर अश्लील भोजपुरी गीतमा नाच्ने गरेका कारण समाजमा सा साना बालबालिकामाथी नकारात्मक असर पर्ने गरेको छ भने अर्को तर्फ यसले समाजमा गालीगलौज, झैझगडा र कुटपिट समेत हुने गरेकोले अपराधिक घटना समेत हुने गरेको समाजका अगुवाहरु बताउछन ।
टिकटकमा अश्लीललता फैलाएका ती कलाकारहरु अब गाउँ घरमा समेत अश्लील फैलाइ समाज नै बिगार्ने काम गरेको भन्दै त्यस्ता चाडा कलाकारलाई नाच गर्न गर्न रोक लगाउनुपर्ने आवाज जनस्तरबाट समेत उठ्न थालेको छ ।
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहले धरहरिमा प्रशासनको आदेश विपरीत कार्यक्रम गर्दा उक्त कार्यक्रम नै बहिस्कार गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय गौरले धार्मिक कार्यक्रम गर्न दिएको आदेश विपरीत गइ मेला समितिले आफुखुसी टिकटकमा नाचेर अश्लिल्ता फैलाएका अश्लील कलाकारलाई बोलाएर कार्यक्रम गर्दा आफू सो कार्यक्रममा सहभागी नभएको मेयर साहले बताएका हुन् ।
धार्मिक कार्यक्रममा झाकी, कृष्णलिला आदिको प्रस्तुति देखाउने कलाकारलाई बोलाउन भनेको तर समितीले अश्लील कलाकारलाई बोलाएर अश्लीलल्ता फैलाउने काम गरेकोले आफुले सो कार्यक्रमका लागि एक रुपैयाँ चन्दा समेत नदिइ कार्यक्रम बहिस्कार गरेको मेयर साहले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं एसपि दिलिप घिमिरेले प्रशासनको आदेश विपरीत कार्यक्रम आयोजना गर्ने र अश्लील गीतमा नाचेर समाजमा अश्लीलता फैलाउने दुबैलाइ कार्यवाही गर्ने बताएका छन् ।
आयोजक मेला समितीलाइ प्रहरीले धार्मिक कार्यक्रम प्रस्तुत गर्न मात्र अनुमती दिने गरेको तर पछि आयोजकले प्रहरी प्रशासनले दिएको अनुमतीलाई लत्याउदै अश्लीलल्ता झल्किने खालकका प्रतुती गराउने गरेको पाइएकोले अबदेखि त्यस्तो हुन नदिने एसपि घिमिरेले बताएका छन ।
अबदेखि प्रहरी प्रशासनले दिएको अनुमती पालन भए नभएको अनुगमन गर्ने र प्रशासनको आदेश विपरीत कार्यक्रम आयोजना गर्ने आयोजक समिती र अश्लीलता देखाइ समाज बिगार्ने अश्लील कलाकारलाई समेत पक्राउ गरि कार्यवाही गर्ने एसपि घिमिरेले बताए ।