भदौ १३ गते, रौतहट ।
रौतहटको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि रामेश्वर त्वातीको कार्यकाल पूरा नहुँदै सरुवा भएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाको डिएसपिको रूपमा कार्यभार सम्हालेको तीन महिना समेत नबित्दै त्वातीको इटहरि सरुवा भएको छ ।
गत जेष्ठ मसान्तमा गरुडामा हाजिर भएका डिएसपि त्वातिको एक वर्षको कार्यकाल पूरा नहुँदै सरुवा भएको हो ।
एक प्रहरी अधिकृले यदि कुनै वादविवादमा नपरेको खण्डमा कुनै ठाउँमा जादा कम्तीमा एक वर्ष बसेर काम गर्नुपर्ने प्रावधान अनुसार डिएसपि त्वातीले आगामी २०८२ साल जेष्ठसम्म गरुडामा बस्नुपर्ने थियो तर उनको कार्यकाल पुरा हुन अझै ९ महिना भन्दा बढी दिन बाकी छ्दै उनको सरुवा गरिएको हो ।
गरुडामा अब अर्को नयाँ डिएसपि राजन कार्की आउन लागेका छन् । आउदो शनिबार त्वातीको बिदाइ हुँदैछन भने नयाँ
डिएसपि कार्कीको सोहीदिन आग्मन हुनेछन् ।।
डिएसपि त्वातीले अधिकांस घटनाको दोषीमाथी कानुन बमोजिम मुद्दा दर्ता गरि कार्यवाही प्रक्रिया अगाडि बढाउन थालेका कारण त्रसित भएका केही राजनीतिक दलका नेताले पावरको बलमा सत्ताको दुरुपयोग गरि बिना कुनै कारण डिएसपि त्वातीको सरुवा गराएको बाहिर हल्ला छ ।
डिएसपि त्वातीले कसैको दबाब प्रभाव वा कुनै प्रकारको प्रलोभनमा नपरि एकदम निस्पक्ष रूपमा काम गर्दै दोषीलाइ सजाय दिलाउने र पीडितलाइ न्याय दिलाउने कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन थालेको कुरा केही नेतालाइ मन परेको थिएन ।
उनले बहुबिवाह, बलात्कार, चोरी, डकैती , बैन्किङ कसुर, अभद्र व्यवहार लगाएत घटनाको दोषीमाथी मुद्दा दर्ता गरि सिधै कार्यवाही प्रक्रिया अगाडी बढाउने गरेका थिए जस कारण राजनीतिक दलका केही नेताहरु निकै त्रसित भएका थिए ।
डिएसपि त्वातीको तीन महिनाको कार्यकालमा गरुडा प्रहरीमा मिलापत्र भन्दा बढी मुद्दा दर्ता भएको छ भने मेलमिलापको माध्यमले निकै कम मुद्दाको किनारा लागेको छ ।
एक श्रोतका अनुसार मिलापत्र गर्न नहुने अर्थात गम्भीर प्रकृतीका घटनालाई समेत केही राजनीतिक दलले मेलमिलापको माध्यमले टुंग्याउन डिएसपि त्वातिलाई अनावश्यक दबाब दिने गरेका थिए ।
तर त्वातीले गम्भीर प्रकृतीका घटनाका दोषी अर्थात अपराधिलाई सजाय दिलाउन कसैको कुरा नसुनी कानुनले दिएको अधिकार भित्र रहेर मिलापत्र नगराइ दोषीमाथि मुद्दा नै दर्ता गर्ने गरेका थिए ।
डिएसपि त्वातीले अधिकांस घटनाको दोषीमाथि मुद्दा दर्ता गरि कार्यवाही गर्न थालेपछि पछिल्लो समय गरुडा आसपासमा अपराधिक क्रियाकलापमा कमि आएको छ ।
डिएसपि त्वातिले अधिकांस घटनाको दोषीमाथी मुद्दा चलाउन थालेपछि जुन सुकै मुद्दाको पनि मेलमिलापको माध्यमले मिलापात्र गराइ पिडक र पीडित दुबै पक्ष संग मोटो रकम अशुली गरी दलालि गर्नेहरुको दलाली बन्द भएपछि तिनिहरु डिएसपि त्वातीको कार्यशैली प्रती असन्तुष्ट रहदै आएका थिए ।
त्वातीको यसता कार्यशैली र काम कार्यवाहीबाट आतिएका केहि जनप्रतिनिधि र दलका नेताहरुले उनको सरुवा गराउने चलखेलमा केही दिनदेखि लागि परेका थिए ।
डिएसपि त्वातीको कडा एक्सनले दलाली गर्न नपाएका केहि राजनीतिक दलका नेताले बिना कुनै कारण पावर र शक्तिको आड्मा सर्वसाधारण नागरिकको पक्षमा काम गर्ने डिएसपि त्वातीको सरुवा गराएको स्रोतको दाबी छ ।
डिएसपि त्वातीले कुनै गल्ती नगरेपनी उनलाई कुन कारण वा आधारमा कार्यकाल पूरा नहुँदै सरुवा गरियो भनी आम नागरिकले चासो व्यक्त गर्न थालेका छन ।
बिना कुनै कारण र आधारको त्वातीलाई सरुवा गर्ने प्रहरी प्रधान कार्यालयमाथी पनि प्रश्न चिन्ह खडा भएको छ ।