रौतहट, १५ भदौ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं ७ का संजीव कुश्वाहाले नागरीक बचाउ अभीयान दुर्गा पर्साइ समूहका रौतहट संयोजक तेजनारायण यादवमाथि ठगीको गम्भीर आरोप लगाएका छन् । कुश्वाहाको भनाइ अनुसार, यादवले तीन लाख पचास हजार रुपैयाँ विभिन्न बाहानामा ठगी गरेका छन् ।
कुश्वाहाका बुबा शंकर महतोले केही वर्ष अघि गौर नगरपालिका वडा नं ९ निवासी मोहन यादवसंग १ लाख रुपैयाँ ऋण लिएर १८ कठ्ठा जग्गा यादवको नाममा राखेका थिए । समयक्रममा ऋणको ६५ हजार रुपैयाँ तिरेपछि पनि ६ कठ्ठा जग्गा यादवले आफ्नो नाममा राखे। महतोले आरोप लगाए अनुसार, यादवले विभिन्न जालझेलको माध्यमबाट १ बिघा जग्गा पनि फर्जी हस्ताक्षर गरी आफ्नो नाममा गराएका छन् ।
समस्या समाधानको लागि कानुनी सहारा लिँदा पनि पीडितहरुले बिचौलियाका कारण झनै ठूलो समस्यामा परेका छन् । कुश्वाहाले भने संयोजक तेजनारायण यादवले आफूलाई समस्या समाधानको आश्वासन दिएर तीन लाख ५० हजार रुपैयाँ लिएका थिए । यादवले मोहन यादवको समूहसंग मिलेर धान जोत्न सघाएको र ठूलो समूहले निर्मम कुटपिट गरेको पीडितको दाबी छ।
कुटपिटपछि, पीडित महतोको परिवार अहिले रौतहटको गरुडा स्थित अनामिका हस्पिटलमा भर्ना भएका छन् । कुश्वाहाले न्यायको लागि सम्बन्धित निकाय संग जोडदार माग गरेका छन् ।