रौतहट,२० भदौ। रौतहटको फतुवा विजयपुर नगरपालिका–९ लक्षमिनिया स्थित रहेको आधारभुत विद्यालयको मंगलवार वार्शिकोत्सव मनाइएको छ ।
सो विद्यालय स्थापना भएको ६३ वर्ष पुगेको छ । विद्यालय स्थापना भएको ६३ वर्ष भएपनि पहिलो पटक स्थापना दिवस मनाइएको हो । विद्यालयमा मंगलवार साझ अबेर आयोजित एक कार्यक्रम बिच विद्यालयले आफ्ना पहिलो स्थापना दिवस भब्याताका साथ मनाएको हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मायालाल चौधरीको अध्यक्षता तथा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालय स्थापना भएको ६३ वर्ष भएपनि विद्यालयको अवस्थामा अझै सुधार नभएकोमा चिन्ता व्यक्त
गरेका थिए । लामो समय देखि विद्यालयमा सुबिधा सम्पन्न भवन, डेस्क लगाएत नहुँदा विद्यार्थिको पठन पाठन प्रभावित हुँदै आएको भन्दै विद्यालयको अवस्था सुधार गर्न वडा अध्यक्ष पप्पु भन्ने राकेश यादवलाई ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा बोल्दै प्रधानाध्यापक जय किशोर साहले विद्यालयमा सुबिधा सम्पन्न भवन, पंखा, स्वच्छ खानेपानी र कम्पाउण्ड वाल लगाएत अभावका कारण विद्यार्थीहरुलाइ पठन पाठन गराउन ठूलो समस्या हुँदै आएको बताएका छन ।
विद्यालयको अवस्था सुधार गर्न प्रधानाध्यापक साहले फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातुन र वडा अध्यक्ष राकेश यादवलाई आग्रह गरेका थिए । वडा अध्यक्ष यादवले विद्यालयको समग्र अवस्था सुधार गर्न आफू लागि परेको र सम्भवत यसै वर्ष भवन निर्माण हुने प्रतिबद्धता जनाएका छन ।
वार्शिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विद्यालयले विभिन्न व्यक्तीहरुलाइ गम्छा र सम्मान पत्र सहित सम्मान गरेको प्रधानाध्यापक जय किशोर साहले बताए । विद्यालयका लागि योगदान गरेका विभिन्न शिक्षा प्रेमी, व्यवस्थापन समितिका वर्तमान र पुर्व अध्यक्ष, सदस्य, राजनितिकर्मी, पत्रकार लगाएतलाइ सम्मान गरिएको प्रधानाध्यापक साहले बताए । अबदेखि प्रत्येक वर्ष विद्यालयले स्थापना दिवस मनाउने बताइएको छ ।