वर्तमानकाल सम्वाददाता
भदौं २१, रौतहट
रौतहटको गरुडा नगरपालिका-५ शिवनगरस्थित स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा एकजना सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको थियो । चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको ज्यान गएको भन्दै शुक्रबार पीडित परिवारले अस्पताल घेराउ गरेपश्चात चन्द्रपुर गौर सडक खण्डमा टायर बालेर चक्का चाम गरेका गर्दा त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । अझै कुनै प्रकारको अप्रिय द्दटना नहोस भनि उदेश्यले बर्थिङ सेन्टर वरिपरि लगायत ठुलो सङ्ख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
गरुडा ५ शिवनगर बस्ने अरबिन्द साहको श्रीमती वर्ष २५ की रमिता देवीलाई सुत्केरी व्यथा लागी सुत्केरी गराउन उक्त स्वास्थ्य चौकीमा बिहीबार साँझ ल्याएकोमा नर्मल सुत्केरी भएको थियो । सुत्केरी पछि बढी रक्तस्राव भएको कारण सुत्केरी महिलालाई थप उपचारको लागि शुक्रबार बिहान वीरगन्जतर्फ रेफर गरेकोमा वीरगन्जस्थित ईन्डो नेपाल अस्पतालमा बिरामीको उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।
चिकित्सकको लापरबाहीले अत्यधिक रक्तस्राव भएर शिवनगरबाट वीरगन्ज लैजाने क्रममा उक्त महिलाको मृत्यु भएको भन्दै पीडित परिवार र उनका आफन्तहरूले स्वास्थ्य चौकी शिवनगर अगाडि मृतक महिलाको शव राखेर दोषी चिकित्सकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । चिकित्सकको चरम लापरबाहीका कारण अत्यधिक रक्तस्राव भएर वीरगन्ज लैजाने क्रममा सुत्केरी आमाको मृत्यु भएको पीडित परिवारको आरोप छ ।
पिडित परिवारले शल्यक्रिया गर्दा चिकित्सकले सावधानी नअपनाएर जथाभावी चिरेका कारण अत्यधिक मात्रामा शरीरबाट रगत बगेर रगतको अभावमा महिलाको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई
कारबाही तथा उचित क्षतिपूर्तिको माग गरेका छन् । गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको पनि चरम लापारवाहिले यस्तो अवस्था बारम्बार आईरहेको पिडित परिवारले दुखेसो पोखेका छन ।
वहाँले स्वास्थ्य क्षेत्रमा कुनै प्रकारको समस्या हुन नदिन भनेको कुरा भाषणमा नै सिमित रहेको बताए । यदि वहाँले सो अस्पतालमा एउटा दक्ष अनुभवी एमबिबिएस डाक्टर राखेको भए दुई जना महिलाको ज्यान जाने थिए । मेयर जैसवाल भ्रष्टाचारमा चुलुर्म डुबी आफ्नो आसेपासेको पोसने बाहेक कुनै पनि कार्य देख्ने खालको नगरेको गुनासो समेत गरे । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले घटनाको पुष्टि गर्दै गरुडा नगरपालिकामा दुई पक्षीय वार्ता जारी रहेको तथा अस्पतालमा क्षति हुन नदिन प्रहरी परिचालन गरिएको जानकारी दिएका थिए ।
मृत्युपछि आक्रोशित मृतकका आफन्तहरूले शिवनगरस्थित गौर चपुर सडक खण्डमा आई बाटो अवरोध गरेको थियो । प्रहरीले बाटो सुचारु गराई सम्झाई बुझाई गर्ने कार्य भइरहेको एसपी घिमिरेले जानकारी दिए । गत भदौं ०३ गते सोहि स्वास्थ्य चौकीमा सोमबार सुत्केरी गराउन स्वास्थ्य चौकी महम्मद्पुर गएकि गरूडा नगरपालिका(३ मलाहीटोलका राकेश कुमार सहनिको २० वर्षकि श्रीमती शर्मिला कुमारी सहनीको ज्यान गएको थियो ।
वहाँको पनि यस्तै योनिबाट अत्याधिक रक्तस्राव बगेको कारण रगतको अभावमा श्रीमती शर्मिलाको बच्चा जन्माएको झन्डै चार घण्टा पछि मृत्यु भएको मृतकको श्रीमान राकेश कुमारले बताएका थिए । सहनीका अनुसार उक्त चौकीका २ जना महिला अनमि स्टापले योनिको मुनि ब्लेडले चिरेपछि शर्मिलाले समान्य अवस्थामा नै पहिलो सन्तानको रुपमा छोरीको जन्म दिएकी थिइन ।