रमेश कुमार यादब
भदौं २५, रौतहट
रौतहटको गढिमाई नगरपालिकाको वडा नं. १, समनपुर स्थित रहेको श्री शंकर गुदर उच्च माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदको चुनाव पाँच बर्ष पछि हालै सम्पन्न भएको छ । मंगलबार बसेको अभिभावक भेलाले विद्यालय समितिको बैठकमा दिपेन्द्र साह उर्फ (दिपु)लाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको छ । विद्यालयको मगंलबार भएको अविभावक भेलाले दिपेन्द्र साहको अध्यक्षता ११ सदस्यीय व्यवस्थापन समिति समेत चयन गरेको हो ।
वडाअध्यक्ष रामपुकार यादवले दिएको जानकारी अनुसार, दिपेन्द्र साहलाई कुनै प्रतिद्वन्द्वी बिना नै निर्बिरोध चयन गरिएको हो ।
समितिको बैठकमा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी प्रतिनिधि र स्थानिय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । दिपेन्द्र साहले अध्यक्ष पदमा चयन भएपछि विद्यालयको शैक्षिक गुणस्तर सुधार, पूर्वाधार विकास र विद्यार्थीहरुको भलाइका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
दिपेन्द्र साहले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि विशेष योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
उनले विद्यालयलाई आधुनिक प्रविधिमा आधारित शिक्षामा रुपान्तरण गर्न र विद्यार्थीको सिप विकासमा जोड दिने बताए । साथै, उनले विद्यालयमा शैक्षिक सुधारको लागि सामुदायिक सहयोग र अभिभावकको संलग्नता आवश्यक रहेकोमा जोड दिएका छन ।विद्यालय व्यवस्थापन समितिले शिक्षा क्षेत्रमा थप योगदान पुर्याउन र विद्यालयको समग्र विकासका लागि आवश्यक योजनाहरु अघि बढाउने कुरामा पनि छलफल गरेको थियो ।
साहले विद्यालयको शैक्षिक गुणस्तरका साथै भौतिक पूर्वाधारको विकास गर्ने बचन पनि दिएका थिए । उनले भने, ‘विद्यालयको चौतर्फि विकासका लागि हामी खटिन्छौँ । विद्यालयलाई जिल्लाकै उत्कृष्ठ विद्यालय बनाउने संकल्प रहेको बताए । उनी विद्यालयको अध्यक्षमा चयन भएपछि सहकर्मी आफन्त एव साथीभाईबाट बधाई तथा शुभकामना पाइरहेका छन् । उनले विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने विस्वास लिएर साहलाई अध्यक्षमा चयन गरेको अभीभावकहरुले बताएका छन् ।
साहले विद्यालयमा योगदान दिन सक्नेमा अभिभावकहरु विश्वस्त छन् । अब अभिभावकले चुनेर मलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राख्नु भयो मैले काम गरेर देखाउने हो म पुर्ण रुपमा जनताको लागि र नगरपालिकाको विकास शिक्षाको लागि जोस जागर र बुद्धि बिबेकले काम गर्ने छु आजका नानि बाबू भोलिका कर्ण दार हुन। हामी हाम्रो विद्यालयलाई अब नमुना विद्यालय बनाउने छौ अध्यक्ष साहले बताएका थिए ।
त्यसतै वडाअध्यक्ष यादवले भने, “नयाँ व्यवस्थापनको नेतृत्वले विद्यालयलाई अगाडि बढाउन महत्वपूर्ण भुमिका खेल्नेछ ।“
श्री शंकर गुदर माध्यमिक विद्यालय स्थानीय क्षेत्रमा शिक्षा प्रदान गर्ने महत्वपूर्ण संस्था मानिन्छ, जसले लामो समयदेखि विभिन्न समुदायका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। दिपेन्द्र साहको अध्यक्षतामा विद्यालयले थप प्रगति गर्ने विश्वास स्थानीय जनसमुदायले व्यक्त गरेका छन् ।
यसअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहँदै आएका व्यक्तिले विद्यालयलाई प्रगतिको दिशामा अघि बढाएको भए पनि अबको समितिले थप योजना र कार्यक्रमहरू मार्फत विद्यालयलाई अझै समृद्ध बनाउने लक्ष्य राखेको बिश्वास ब्यक्त गरेका छन ।
उक्त कार्यक्रममा जि.शि समन्वयन समितिको बि.नि उपेन्द्र साह, वार्ड नं.२ का वडाअध्यक्ष दिपेन्द्र श्रेष्ठ , सदस्यहरुमा भिखर राउत , अनिता सहनी , राम सखि देवी , रविन्द्र सहनी लगायत सयकडौ मानिस लगायत प्रहरी प्रशासन, पत्रकारहरुको सहभागिता रहेको थियो ।