बोल्दा बोल्दै भावुक भए वरिष्ठ समाचार सम्पादक झा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ भाद्र २७, बिहिबार (१ साल अघि)
  • ४ पटक पढिएको
बोल्दा बोल्दै भावुक भए वरिष्ठ समाचार सम्पादक झा


बिमलेश कुमार झा
२७ भदौ २०८१
महोत्तरी। रेडियो नेपालका वरिष्ठ समाचार सम्पादक हृदयकान्त झाले आफनो विदाइ तथा सम्मान कार्यक्रलममा बोल्दा बोल्दै भावुक बन्नु भएको थियो ।

बिहिबार रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय बर्दिबासमा आयोजीत बिदाइ तथा सम्मान कार्यक्रमा वरिष्ठ समाचार सम्पादक झाले आफूले रेडियो नेपालमा प्रवेश गरी निरन्तर रुपमा गरेको सेवा तथा भोगेको भोगाइलाई समझेर भावुक बन्नुभएको थियो ।

व्रिष्ठ्ठ समाचार सम्पादक झाको आगामी असोज ९ गते अनिवार्य अवकास रहेको छ । २०४९ पुस १६ गते ठिटो उम्मेरमा प्रवेश गरी अनिवार्य अवकास सम्मका दिनलाई सम्झीदै समाचार तथा कार्यक्रमा आफूले सामना गर्को चुनौतीबारे प्रकाश पार्दै समाचारका साथिहरुलाई निर्भिक भई आफनो कार्य सम्पादन गर्न सबैलाई प्रेरित गर्नुभयो ।

झणडै ३ दशक देखि रेडियो नेपालमा सेवा गरेको झाले आफू यस संस्थाको ऋणी रहेको र घरमा भएपनि आवश्यकता परेको समय समाचारका साथिहरुलाई कुनै पनी समयमा सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।

कार्यालय प्रमुख रामपुकार रामको अध्यक्षतामा आयोजीत कार्यक्रमको संचालन प्राविधिक अधिकृत शम्भु प्रसाद ढुङ्गानाले गर्नुभएको थियो भन्ने समाचार प्रमुख अरविन्द मिश्र,भोजपुरी समाचार प्रमुख नम्रता कर्ण,जयराम यादव,बज्जिका समाचार वाचक बिमलेश कुमार झा,मगही समाचार प्रमुख राजकुमारी महतो,प्राविधिक तर्फ वरिष्ठ इन्जिनियर कमल साह,सुभाष साह, अच्युत्म पोखरेल,कार्यक्रमका सशिता देवकोटा,सृजना चौधरी लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस