रमेश कुमार यादब
भदौं २७, रौतहट
जिल्ला ट्राफिक कार्यालय रौतहटमा नयाँ प्रमुखको रुपमा प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी आएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा नयाँ प्रहरी निरीक्षकको हाजिरीसँगै पुरानो निरीक्षकलाई बिदाई गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर कार्यालय भित्र बिहीबार आयोजित एक विशेष कार्यक्रमका क्रममा नयाँ प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले औपचारिक रूपमा कार्यभार सम्हाल्नु भएको हो । यसअघि, प्रहरी निरीक्षक सुशिल आचार्यलाई सम्मानपूर्वक बिदाई पनि गरिएको थियो ।। कार्यक्रमका क्रममा आचार्यलाई खादा, माला र टिका लगाएर टूाफिक प्रहरी टोलीका सदस्यहरूले सम्मान व्यक्त गरेका थिए ।
हाजिर भएका प्रहरी निरीक्षक अधिकारीले आफ्नो कार्यकालको सुरुआतमा टूाफिक प्रहरीहरूको भूमिकालाई सशक्त पार्नका लागि जनतासँग नजिकको सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले “प्रहरी हाम्रो साथी“ भन्ने नारालाई वास्तविकतामा परिणत गर्न जनताको सेवामा खरो उत्रिन आग्रह गर्नुभयो। साथै, उनले जनताको विश्वास जित्नका लागि कर्तव्यनिष्ठ भएर काम गर्न ट्राफिक प्रहरीहरुलाई निर्देशन दिनुभयो । पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापन र टूाफिक नियम लागु गर्न प्रतिवद्ध रहने बताए ।
उनले टूाफिक प्रहरीप्रति हेर्न समाजको गलत धारणालाई परिवर्तन गराउन पनि प्रयास गर्ने बताए । आफु आएलगत्तै मातहतका टूाफिक प्रहरीहरुलाई समग्र ट्राफिकको छवि बिगार्ने गरि गलत क्रियाकलाप नगर्न पनि निर्देशन दिइसकेको बताए । टूाफिक प्रहरीले चेकजाँच गर्दा टूाफिकलाई आउदै गरेको दशैं लगायत बिभिन्न पर्वमा बिभिन्न प्रकारका गलत मानसिकता पनि समाजले बनाउन नहुने उनले बताए । ट्राफिक ले जरिवाना काटेको रकम राजश्वमा जम्मा हुने भन्दै उनले दुर्घटना भएर धन, जनको क्षति नहोस् भन्ने उद्देश्यले पनि जिम्मेवारी निर्वाह गर्नुपरेको पनि बताए ।
‘मसँग लाइसेन्स छ कि छैन, मापसे गर्नुहुन्छ कि हुदैन भन्ने हेर्नुपर्छ । टूाफिकले चेक गर्दा, जरिवाना गर्दा बिभिन्न पर्वहरु आयो भन्ने मानसिकता गलत हो,’उनले भने,‘के हामी दुर्घटना हुन दिनु त ? जे सुकै होस् भनेर कार्यालयमै बसिरहनु त । होइन नि । चिट काटेको त राजश्वमा जम्मा हुने हो नि ।’ उनले सबै कुरा एकै दिनमा सुधार नहुने भन्दै विस्तारै सुधारको प्रयत्न गर्ने पनि बताए । आफ्नो लक्ष्य टूाफिक व्यवस्थापनमा सरल, सहज र सुदृढ गराउनु रहेको पनि उनले बताए ।
‘हामी दुर्घटना कम गराउन चाहन्छौं, कोही अपांग अंगभंग नहोस्, अकालमा ज्यान गुमाउन नपरोस् भन्ने मात्र चाहन्छौं । सबैले साथ, सहयोग दिनुपर्छ,’भने टूाफिक प्रहरी प्रमुख अधिकारले आग्रह गरेका थिए । सरुवा भई जानु भएका प्रहरी निरीक्षक सुशिल आचार्यले आफ्नो कार्यकालमा पाएको सहयोग र सहकार्यको प्रशंसा गर्दै सबै टूाफिक प्रहरीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उनले यहाँ कार्यरत रहँदा गरेका विभिन्न सुधारात्मक कदमहरूको स्मरण गर्दै आगामी दिनहरूमा पनि यस कार्यालयले उत्कृष्ट सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।
साथै जाँदा जादै मातहातका ट्राफिक प्रहरीहरुलाई जसरी मलाई सहयोग साथ दिनु भयो त्यसै गरि नयाँ हाजिर हुनु भएका प्रमुखलाई सहयोग साथ दिनुहोला भनेर आग्रह गर्दै वहाँ बिदाई हुनु भएको थियो । कार्यक्रममा सहभागी अन्य प्रहरी अधिकारीहरूले पनि आचार्यको योगदानको कदर गर्दै नयाँ निरीक्षक अधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त
गरे।