रौशन कुमार चौधरी
असोज ०३, रौतहट
कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले सफाइ पाएपछि बिहीबारदेखि पुनः आफ्नो कार्यभार सम्हालेका छन् । उनले भ्रष्टाचारको मुद्दामा सफाइ पाएसँगै कार्यभार सम्हाल्दा केही बिपक्षी नेताहरुले जालझेल गरेर आफ्नो कामलाई प्रभाबित पार्न खोजेको आरोप लगाएका छन् ।
प्रमुख जैसवालले भने, “केही व्यक्तिहरुले मलाई फसाउन र नगरपालिकाको काममा अवरोध गर्न अनेक षड्यन्त्र रचेका थिए । तर, न्यायालयले सत्यको पक्षमा निर्णय गरेको छ, म नगरवासीहरूको हितका लागि निरन्तर काम गर्नेछु।“ विशेष अदालतले जैसवालसहित ११ जना प्रतिवादीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्ने पर्याप्त प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो । अदालतले प्रमुख जैसवालसँगै कटहरिया नगरपालिकाका उपप्रमुख लगायत अन्य प्रतिवादीहरूलाई पनि सफाइ दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यो निर्णय सुनाएको हो । यसअघि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ साल असार २० गते जैसवालसहित अन्य प्रतिवादीहरू विरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको थियो । उनीहरूविरुद्ध नगरपालिकामा ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोप लागेको थियो ।
तर, विशेष अदालतले सुनवाई गर्दै दुवै पक्षका तर्कहरू प्रस्तुत भए पनि ठोस प्रमाण नपुगेको भन्दै अदालतले जैसवाल र अन्य १० जनालाई सफाइ दिएको हो। । नगर प्रमुख जैसवालले सफाइ पाएपछि पत्रकारहरूसँग कुरा गर्दै भने, “मेरो मुख्य उद्देश्य नगरवासीहरूको सेवा र नगरको विकास हो ।
केही बिपक्षीहरुले व्यक्तिगत स्वार्थका लागि फसाउने प्रयास गरे, तर अन्ततः सत्यको जीत भएको छ । म अब नगरको विकास योजनामा अझै प्रभावकारी ढंगले लाग्नेछु।“ यस निर्णयपछि कटहरिया नगरपालिकामा पुनः स्थायित्व आउने आशा गरिएको छ । नगरवासीहरूले प्रमुख जैसवालको पुनः जिम्मेवारी सम्हाल्नुलाई सकारात्मक रुपमा हेरेका छन् ।
अब भने उनले पुनः नगरपालिकाको दैनिक कामकाज सञ्चालन गर्नेछन् । सफाइ पाएको खुसीयालीमा कटहरिया नगरपालिकाका स्थानीय जनताले जैसवाललाई स्वागत गरेका छन्। नगरपालिकाले अब आगामी दिनमा विकास निर्माणका योजनाहरूलाई थप तिव्रता दिने बताइएको छ । साथै ९ औं संबिधान दिवसको अवसरमा सम्पुर्ण सम्पुर्ण नगरबासि, देशबासी, राजनेतिककर्मि, सुरक्षाकर्मि लगायत देशबिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाईमा हार्दिक शुभकामना ब्यतm गर्दछु ।