रमेश कुमार यादब
असोज ०३, रौतहट
बृन्दावन नगरपालिकाले बिहिबार ९ औं संबिधान दिवस धुमधामसंग मनाएको हो । संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्टूपति रामवरण यादवले “नेपालको संविधान २०७२“ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताहरुले खुसियाली मनाउदै आईरहेको हो । संविधान सभाबाट संविधान जारी भएको ९ वर्ष पुरा भएको छ । सोहि अनुरुप बृन्दावन नगरपालिकाको प्राङ्गणमा नगर प्रमुख बिनोद प्रसाद कुर्मिको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमलाई राष्टिूय गान र सहिदहरुको बलिदानीको कदरको साथ वहाँहरुप्रति श्रद्धान्जली अर्पण सहित नेपालको सुर्य चन्द्र अंकित राष्टिूय झण्डा फहराएर संबिधान दिवस मनाउनु भएको थियो ।
सोहि कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख कुर्मिले भने तीन तहका सरकारहरूबिच समन्वय र सहकार्य गरी जनभावना र आवश्यकता पूर्ति गर्नुपर्ने बताउनु भयो । संविधानले परिकल्पना गरेको सामाजिक न्यायमा आधारित समतामूलक समाजको कल्पना बमोजिम काम गर्नुपर्ने उहाँको धारणा रहेको थियो । वहाँले भने हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको यस नेपालको संविधान २०७२ वास्तवमै सबै जनाको लागी फलदायी अनि शुभ सावित भएको छ ।
३ असोज २०७२ मा घोषणा गरिएको यो संविधानले २०६३ पौष १ गते ने.क.पा एकीकृत समाजबादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरिदिएर पूर्ण संविधान जारी गरेको थियो ।
’सङ्घिय गणतन्त्रिक’ शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट अनुमोदन गरी जारी गरिएको यो संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्टिूय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखेर जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व(शासनको अधिकारलाई आत्मसात् गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनकालागि नेपाली जनताको स्वविवेकले पटक(पटक हुँदै आएका ऐतिहासिक जन-आन्दोलन, स(शस्त्र संघर्ष, त्याग र वलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं ज्ञात अज्ञात शहिदहरू तथा बेपत्ता र पीडित
नागरिकहरू प्रति नगर प्रमुख कुर्मिले सम्मान गर्नु भएको थियो ।।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले एकिकरण गरिसकेपछि बाइसे र चौबिसे राज्यहरुको समग्र भू(भाग एउटा सार्वभौम अनि स्वतन्त्र देश नेपाल आफ्नो स्वतन्त्रता अनि सार्वभौमिकतालाई विभिन्न चरणमा कहिले राणा शासकहरुबाट त कहिले
राजसंस्थाबाट खोसेर फिर्ता लिएको इतिहास जिवन्त नै रहेको छ । चाहे त्यो ७ साल, १७ सालको क्रान्ति होस्, ३६ सालको जनमत संग्रह होस् या ४६ सालको प्रजातान्त्रिक आन्दोलन पश्चात् १० बर्षे स(शस्त्र द्वन्द्वपछीको ६२ र ६३ को जन(आन्दोलन नै किन नहोस नेपालीहरुले यूग र पीढि सापेक्ष ढंगको आफ्नो स्वतन्त्रताको नयाँ खाका कोरी नै रहेकाछन् ।
संविधानको प्रावधान अनि मर्म अनुरुप आज कुनै पनि नेपालीले लिगं, धर्म, जात, वर्ग, रंग, पहिचान, भाषा या अन्य कुनै आधारमा बिभेद सहन गर्नुपर्ने छैन् । अब त झन बिकास अनि समृद्धिका लागि प्रदेशहरुलाई नै अधिकार प्रत्यायोजन गरिएको छ । नगर प्रमुख कुर्मिले निर्वाचित भएदेखि नै बिपक्षीहरुले मलाई असफल बनाउन कुनै कसर नछोडेको तर नगरको बिकासको लागी एककदम पछाडी नहटि अडिग भएर बिकास गर्ने बताएका थिए ।
मेयर कुर्मिले भने बिपक्षी नेताहरुले जतिजालझोल गरे पनि आफु १ देखि ९ सम्मको सम्पुर्ण वार्डलाई समान रुपमा बिकास गर्न बजेट दिएको तर केहि स्वार्थी जनप्रतिनिधिहरुले आफ्नो स्वार्थ पुरा नहुँदा जनताको हकहितमा हुने काम पनि प्रभावित पारेको ठोकुवा गरेका थिए ।
सोहि कार्यक्रमको संम्बोधन गर्दै बृन्दावन नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर भुजेलले भने आजको दिन सम्पुर्ण नेपालि जनताको लागी खुसिको दिन रहेको बताउनु भएको थियो । प्रमुख प्रशासकिय अधिकृत भुजेलले साँझ घर घरमा दीपक बालेर भब्य र सभ्य रुपमा संविधान दिवस मनाउन सम्पूर्ण नगरबासीसँग आग्रह समेत गरेका थिए । त्यति मात्र नभएर संबिधानको बारेमा बिस्तृत जानकारी दिनु भएका थिए ।
प्रमुख प्रशासकियअधिकृत भुजेलले ९ औं संबिधान दिवसको बारेमा जानकारी दिदैं भने सङ्घिय गणतन्त्र’ नेपालको संविधान २०७२ ले सामन्ती, निरंकुश, केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पिडनको अन्त्य गर्दैस वहू-जातीय, वहु-भाषिक, वहु-धार्मिक, वहु-सांस्कृतिक तथा भौगोलिक विविधतायूक्त विशेषतालाई आत्मसात् गरी विविधता बिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागिता मूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका सहितको कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध समृद्ध राष्टू निर्माण गर्ने प्रतिवद्धता राखेको बताउनु भएको थियो ।।
उक्त कार्यक्रममा बृन्दावन नगरपालिकाकाको नगर उप–मेयर संगिता कुमारी राम,सोहि पालिकाको वार्ड नं.१ को वडाअध्यक्ष रामनाथ सहनीले मन्तब्य राखेका थिए भने योजना शाखा प्रमख हरि दुलालले कार्यक्रम संन्चालन गर्नु भएको थियोे भने राम कल्याण प्रसाद यादब , ५ का वडाअध्यक्ष फेकु दास, ९ नं.को वडाअध्यक्ष शेख
परबेज आलम, नेकपा एकीकृत समाजबादीको नगर अध्यक्ष सुरेन्द्र पटेल राजनेतिक दलका नेता लगायत
कर्मचारीहरुको सहभागिता रहेको थियो ।