कृष्ण तिवारी
असोज ४ गते ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको बिहीबार दुईवटा बिधालयका ब्यवस्थापन समिति गठन भएको हो। अभिभावक भेला बाट फतुवा बिजयपुर नगरपालिका वडा नं ६ पेट्भर्वा माध्यमिक बिधालय र फतुवा बिजयपुर नगरपालिका वडा नं ७ हर्साहा प्राथमिक बिधालयमा बिधालय ब्यवस्थापन समिति गठन भएको छ।फतुवा बिजयपुर नगरपालिका –६, पेट्भर्वामा रहेको श्री माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन भएको छ ।
लामो प्रयासपछि बिहीबार सम्पन्न अभिभावक भेलाले अभिभावकहरुमध्येबाट ४ जना सदस्य सर्वसम्मत रुपमा चयन गरेको हो । व्यवस्थापन समितिकोअध्यक्षमा प्रतिमा देबि यादव सदस्यमा सुनिता देवी , राम बिश्वास यादव , बिरेन्द्र साह चयन भएका छन् । एक जना शिक्षाप्रेमी तथा समाजसेवीबाट एक जना सदस्य मनोनित भएका छन् । त्यस्तै वडाका प्रतिनिधि सदस्य, विद्यालयका एक जना शिक्षक रामा शंकर यादव सदस्य र प्रधानाध्यापक सदस्य सचिवसहित ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको छ।
विद्यालयमा लामो समयदेखि व्यवस्थापन समिति गठन नहुँदा शिक्षक भर्ना देखि विभिन्न कार्यहरु सहितका काम प्रभावित भएका थिए ।
वडाध्यक्ष रामएकवाल यादव सहित अन्य जनप्रतिनिधि, वडामा क्रियाशील सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय सन्तपुरको प्रमुख उपेन्द्र चौधरी शिक्षक संयोजक राजेश यादव सह संयोजक विवेक यादव माँ सरस्वती प्राथमिक बिधालय बिजयपुरको प्रधानाध्यापक सुबोध यादव अभिभावक, गाउँका अगुवा, पत्रकार ,विद्यालयका शिक्षकलगायतको उपस्थितिमा व्यवस्थापन समिति चयन गरिएको हो। यस्तै फतुवा बिजयपुर नगरपालिका – ७ हर्साहा स्थित श्री प्राथमिक बिधालयमा बिधालय ब्यवस्थापन समिति गठन भएको हो। बिहीबार बसेको अभिभावक भेलाले ब्यवस्थापन समितिको अध्यक्षमा बिगु साह तेलि सदस्यमा मिना देवी , पार्वती कुमारी, छोटेलाल राउत कुर्मी सर्वसहमतिले चयन भएका छन ।अब चन्दादाताबाट एक जना र शिक्षाप्रेमी तथा समाजसेवीबाट एक जना सदस्य मनोनित हुने छन् । त्यस्तै वडाका प्रतिनिधि सदस्य, विद्यालयका एक जना शिक्षक सदस्य र प्रधानाध्यापक जोतनरायण यादव सदस्य सचिवसहित ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति हुने छ ।
वडाध्यक्ष राम बिश्वास यादव सहित अन्य जनप्रतिनिधि, वडामा क्रियाशील सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, अभिभावक, शिक्षक संयोजक राजेश यादव माँ सरस्वती प्राथमिक बिधालय बिजयपुरको प्रधानाध्यापक सुबोध यादव शिक्षक तेजनारायण यादव , उमेश यादव , पत्रकार ,गाउँका अगुवा, विद्यालयका शिक्षकलगायतको उपस्थितिमा व्यवस्थापन समिति चयन गरिएको हो।