रमेश कुमार यादब
असोज ०४, रौतहट
रौतहटको धनगढी स्थित लक्ष्मीनाथ बासुदेव प्राथमिक विद्यालयमा कमिसनको विवादले समाजिक संन्जालहरु ठुलो चर्चा पाएको छ । बृन्दावन नगरपालिकाको वार्ड नं. २ धनगढीस्थित लक्ष्मीनाथ बासुदेव प्राथमिक विद्यालयमा कमिसन लिएको विषयमा विवाद चुलिएको छ । नगरपालिकाका मेयर विनोद प्रसाद कुर्मी, प्रमुख कार्यकारी अधिकृत खिम बहादुर भुजेल, र शिक्षा शाखाका प्रमुख उपेन्द्र महत्तोले ५ लाख रुपैयाँ कमिसन लिएको आरोप लगाइएको छ, तर विद्यालयका प्रधानाध्यापक रम्भु यादबले उक्त आरोपलाई तथ्यहिन, निराधार र कपोकल्पित भएको बताएका छन् ।
प्र.अ. रम्भु यादबले विद्यालयमा दिइने दिवा खाजाका लागि कुनै प्रकारको हिनामिना नभएको स्पष्ट पारेका छन् । उनका अनुसार विद्यालयमा विद्यार्थीहरूले खाजा खाएको पैसामा कुनै अनियमितता छैन र न त कुनै कमिसन लिएको बताईएको छ । विद्यालयको खाजाका लागि प्राप्त भएको रकम पारदर्शी तरिकाले प्रयोग भएको जानकारी उनले दिएका छन् । प्र.अ यादबले भने खासमा कुरो के हो भने मैले वडाअध्यक्ष कुर्मिलाई बाबाधाम जाने बेलामा ३ लाख रुपैंया सापटी दिएको थियो तर उक्त रुपैंया माग्दा वडाअध्यक्षले त्यो रुपैंया बिधालयको हरहिसावमा मिलाई देउ भने तर मैले भने म त्यस्तो गर्दैन ।
तपाईलाई मैले सापटी दिएको रुपैंया दिनु पर्छ भने पछि सोहि रिसिबीले हाम्रो बिधालयमा आएर नानाथरीका कुरा भन्ने र मेयर, हाकिम र शिक्षा संयोजक साथै मलाई बदनाम गर्न बिभिन्न जालझोल गर्न लागेको प्रधानाध्यापक यादबले पत्रकारसंग कुराकानी गर्दै बताए । यस बिधालयमा वडाअध्यक्ष कृुर्मिले पहिला देखि कमिसन खादैं र मनलाग्दी कुरा गर्दै आएको हो । सोहि कुरालाई यथावत राख्न हामिलाई दवाद दिर्दै आईरहेको हो तर उरु प्र.अ जस्तो हामि तपाई एक सुका र कमिसन दिदैंनौ भनि भने पर्छ वहाँले उच्च पदस्थका मानिसहरुलाई र मलाई बदनाम गर्दै बिभिन्न प्रंपन्च रचदै आईरहेको कुरा वार्डबासिमा सर्वबित्तिदै ।
तर, प्रधानाध्यापक यादबले बृन्दावन नगरपालिकाको वार्ड नं.२ धनगढीका वडाअध्यक्ष सिकिन्द्र राउत कुर्मीलाई गम्भीर आरोप लगाउँदै भनेका छन् कि वडाअध्यक्ष कुर्मी दर्जनौं लठैतहरू लिएर विद्यालयमा आएर धाकधम्की दिएको र विद्यालयको पवित्र वातावरणलाई विथोल्ने काम गरेको छ । कुर्मिले मेयर, अधिकृत, र शिक्षा शाखा संयोजक उपेन्द्र महतोसँग मिलेर ५ लाख रुपैयाँ कमिसन लिने गरेको भन्ने झूठा आरोप लगाउन प्रधानाध्यापकलाई दबाब दिएको र मार्ने धम्कीसमेत दिएको उनी बताएका छन ।
वडाध्यक्षले विद्यालयको पवित्र स्थलमा आएर प्रधानाध्यापकलाई धम्की दिँदै, ५ लाख रुपैयाँको कमिसन मेयर, अधिकृत र शिक्षा शाखा संयोजकले लिएको भनी जबर्जस्ती भन्न लगाउने प्रयास गरेको यादवले बताएका छन्। उनले भने, “वडाध्यक्ष र उनका लठैतहरूले विद्यालयमा अशान्त वातावरण सिर्जना गर्दै शारीरिक आक्रमणको धम्की दिए, जुन एकदमै निन्दनीय हो।“ प्रधानाध्यापक यादवले विद्यालयमा खाजा कार्यक्रमको सञ्चालनमा कुनै पनि आर्थिक अनियमितता नभएको र यो सबै विवाद वडाध्यक्ष कुर्मिको राजनीतिक स्वार्थका कारण सिर्जित भएको दाबी गरेका छन् ।
यस विषयलाई लिएर विद्यालयमा तनावको स्थिति सिर्जना भएको छ भने शिक्षासम्बन्धी कामकाजमा अवरोध पु¥याउने प्रयास भएको बताइएको छ । त्यति मात्र नभएर यस विवादका कारण स्थानीयबासी र अभिभावकहरूबीच पनि चिन्ता बढेको छ। प्रधानाध्यापकले विद्यालय प्रशासनमाथि अनावश्यक दबाब र धम्की दिनु गैरकानुनी रहेको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् । विद्यालय व्यवस्थापनले नगरपालिकाका उच्च अधिकारीहरू र वडाध्यक्षबीचको यस प्रकारको विवादले विद्यार्थीहरूको पठनपाठनमा असर पर्ने भन्दै शीघ्र समाधानको माग गरेका छन्।