रौतहटबाट गाई, गोरु भारत लैजान लागेको आरोपमा तीनजना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ आश्विन ५, शनिबार (१ साल अघि)
  • ४ पटक पढिएको
रौतहटबाट गाई, गोरु भारत लैजान लागेको आरोपमा तीनजना पक्राउ

वर्तमानकाल सम्वाददाता
असोज ०४, रौतहट

अवैध रुपमा भारततिर गाई, गोरु लैजान लागेको आरोपमा रौतहट प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पशुसहित प्रहरीले पक्राउ गरेको हो भने पशुधनी फरार भएका छन् । जिल्लाको ईशनाथ नगरपालिका–१ स्थित लालबकैया नदीको बाँधबाट प्रहरीको गस्ती टोलीले यमुनाईमाई–३ मलहिना बस्ने महम्मद गुफरान, ओहिद अन्सारी र मोहम्मद सम्सादलाई गाई, गोरु र बाछोसहित पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

उनीहरुले अवैध रुपमा २ वटा गोरु, ४ वटा गाई र ३ वटा बाछो भारततर्फ लैजान लागेको अवस्थामा प्रहरीले लालबकैया नदीको बाँधबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेका तीनै जनालाई कारबाहीको लागि गौर भन्सार कार्यालय बुझाएको डीएसपी गिरीले बताइन् । ‘प्रहरीलाई देख्नासाथ पशुधनी फरार भए । उनको खोजी भइरहेको छ,’ डीएसपी गिरीले भनिन्,‘खुला सीमाको फाइदा उठाँउदै भारततिर गाई, गोरु लैजान नदिन कडा निगरानी गरेका छौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस