रमेश कुमार यादब
असोज ०६, रौतहट
रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा स्वास्थ्य सेवाको स्तरोन्नतिको लागि थप एक महत्वपूर्ण कदम अघि बढाइएको छ । रौतहट जिल्लाको बृन्दावन नगरपालिका अन्तर्गत वार्ड नं. १ रमौलीमा नव निर्मित स्वास्थ्य चौकी भवनको उद्घाघाटन नगर प्रमुख बिनोद प्रसाद कुर्मी र नगर उप(प्रमुख संगिता देवी रामले संयुतm रुपमा भव्य समारोहका बीच गर्नु भएको छ । यस अवसरमा प्रमुख कुर्मीले स्थानीय जनताको स्वास्थ्य सेवामा पहुँच सुधार गर्न स्वास्थ्य चौकी भवनको निर्माणलाई महत्वपूर्ण कदमको रुपमा लिएका छन् । नगर प्रमुख बिनोद प्रासद कुर्मीले एक कार्यक्रमका बिच नगर स्तरीय योजनाको ७० लाखको लागतमा सुबिधा सम्पन, शौचालय सहित ६ कोठे स्वास्थ चौकी भवनको उद्घाटन गर्नु भएका छन ।
नगर प्रमुख कुर्मीले चुनावी अभियानका क्रममा गरेका प्रतिबद्धताहरु क्रमशः पुरा गर्दै गएको बताउँदै, नगरका हरेक वार्डमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने लक्ष्य रहेको पनि प्रष्ट पारे । उहाँले भने, “स्वास्थ्य क्षेत्रमा कुनै पनि कमीकमजोरी हुन दिन्नौं, प्रत्येक वार्डमा स्वास्थ्य सेवाको गुणस्तर सुधार्न नयाँ भवन निर्माणको प्रक्रिया तिब्र गतिमा अघि बढ्दैछ ।” उद्घाटन समारोहमा नगर प्रमुखले स्वास्थ्य सेवामा गुणस्तरीय सुधार ल्याउने उद्देश्यले नगरपालिकाका सम्पूर्ण वार्डहरूमा स्वास्थ्य पूर्वाधार निर्माण र मर्मत सम्भारको कामलाई तीव्रता दिइरहेको जानकारी दिए ।
उनले भने, “जनताको स्वास्थ्य सुविधामा कुनै कमी नहोस् भन्ने हाम्रो अठोट छ । जिर्ण भएका स्वास्थ्य भवनहरूलाई हटाएर नयाँ भवनहरू बनाउँदैछौं, र ठिकठाक रहेका भवनहरूलाई मर्मत गरी सुधार गरिरहेका छौं।“ नव निर्मित स्वास्थ्य चौकीले स्थानिय जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न ठूलो सहयोग पु¥याउने विश्वास लिइएको छ । यसअघि स्वास्थ्य चौकी भवन जीर्ण अवस्थामै रहेकाले स्वास्थ्य सेवा उपलब्ध गराउन कठिनाइ भोग्नु परेको थियो । अब नयाँ भवन निर्माणसँगै अत्याधुनिक स्वास्थ्य उपकरणहरूको व्यवस्था गर्ने योजना पनि अघि सारिएको छ ।
नव निर्मित स्वास्थ्य चौकी भवन अत्याधुनिक स्वास्थ्य उपकरणहरुले सुसज्जित गरिएको छ र यसले स्थानीय बासिन्दाहरुलाई प्राथमिक स्वास्थ्य सेवा प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ । भवनको निर्माणसँगै विभिन्न स्वास्थ्य सेवाहरु विस्तार गर्ने योजना पनि रहेको छ, जसमा मातृ शिशु स्वास्थ्य, खोप कार्यक्रम, औषधि वितरण सेवा, तथा आकस्मिक सेवाहरु पनि समावेश छन् । नगरपालिकाका अन्य वार्डहरुमा पनि जिर्ण अवस्थामा रहेका भवनहरुलाई हटाएर नयाँ भवनहरु निर्माण गर्ने र आवश्यक मर्मत सम्भारका कार्यहरु गरिरहेको जानकारी नगर प्रमुखले दिनुभयो । यस अघि पनि बृन्दावन नगरपालिकाले विभिन्न स्थानहरुमा यस्तै स्वास्थ्य पूर्वाधार निर्माण गरी स्थानीय जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्न ठूलो योगदान पुर्याउँदै आएको छ ।
त्यसतै सोहि कार्यक्रमको सम्बोधन गर्दै नगर उप(प्रमुख रामले नवनिर्मित स्वास्थ्य चौकी भवनको राम्रो ब्यवस्था गरेर जनतालाई सेवा सुबिधा दिन आग्रह समेत गरेका थिए । कसैलाई कुनै प्रकारका समस्या भए तुरुन्त पालिकामा सम्पर्क गरी सेवा सुबिधा लिन कर्मचारीलाई निर्देशन समेत दिएका थिए । त्यसतै सोहि पालिकाको प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलले नगरपालिकाको सम्पुर्ण कामकाज नियम संगत भईरहेको र जनताको हकहितमा नै हामि सम्पुर्ण कर्मचारी लागी परेका छौ ।
त्यसतै सोहि वार्डका वडाअध्यक्ष रामनाथ सहनी नगरपालिकाको नगर प्रमुख कुर्मिलाई स्वास्थ्य चौकीमा अरु वार्ड भन्दा बढि औषधी उपल्बध गराईदिन आग्रह समेत गर्नु भएका थिए भने कार्यक्रमलाई स्वास्थ्य संयोजक रास नरायण पटेलले गर्नु भएको थियो ।उद्घाटन समारोहमा बिभिन्न वार्डका वडाअध्यक्षहरु, स्थानिय भद्रभलादमि, स्वास्थ्यकर्मी, समुदायका अगुवा र स्थानिय नागरिकहरूको व्यापक सहभागिता रहेको थियो। सबैले नगर प्रमुखको स्वास्थ्य क्षेत्रमा देखिएको प्रतिबद्धताको प्रशंसा गरे र यो कदमले नगरवासीहरूको स्वास्थ्यमा ठुलो परिवर्तन ल्याउने आशा व्यक्त गरे ।