कृष्ण तिवारी,
असोज ७, रौतहट
रौतहटको फतुवा बिजयपुर नगरपालिका – २शितलपुरमा रहेको श्री माध्यमिक बिधालय र फतुवा बिजयपुर वडा नं ३ मेवामा रहेको आधारभूत बिधालयको आर्थिक वर्ष ०७९÷८०र ८०÷८१को लेखा परीक्षण प्रतिवेदन तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शितलपुरका वडा अध्यक्ष अनिरुद्व यादव उर्फ सन्जय यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । विद्यालय आयोजना गरेको लेखा परीक्षण प्रतिवेदन तथा सार्वजनिक सुनुवाईमा बिधालयको प्रधानाध्यापक बुनिलाल यादवले आ,व०७९÷८०र ८०÷८१को विधालयको आय व्यय प्रस्तुत गरेका थिए।
विधालयको शिक्षक , कर्मचारी तलव निकाशा तथा विभिन्न शिर्षकमा आएको कुल आय रकम प्रस्तुत गरेका थिए । त्यसैगरी व्यय तिर शिक्षक कर्मचारी तलव तथा बिभिन्न शिर्षकमा खर्च भएको कुल रकम व्यय प्रस्तुत गर्नु भएको थियो भने बिधालयको खातामा कति रहेकोे समेत लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।लेखा परिक्षण हलबाट पारित गरिएको थियो। अभिभावक, बुद्धिजीवी राजनीतिक दलका नेताहरुले राखेका प्रश्न तथा जिज्ञासा प्रति प्रधानाध्यापक बुनिलाल यादवले उत्तर दिएका थिए । यस्तै फतुवा बिजयपुर नगरपालिका – ३ मेवामा रहेको श्री आधारभूत बिधालयको आर्थिक वर्ष ०७९÷८०र ८०÷८१को लेखा परीक्षण प्रतिवेदन तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
मेवाका वडा अध्यक्ष रामइश्वर यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । विद्यालय आयोजना गरेको लेखा परीक्षण प्रतिवेदन तथा सार्वजनिक सुनुवाईमा बिधालयको प्रधानाध्यापक रामजन्म महतोले आ,व०७९÷८०र ८०÷८१को विधालयको आय व्यय प्रस्तुत गरेका थिए। विधालयको शिक्षक , कर्मचारी तलव निकाशा तथा विभिन्न शिर्षकमा आएको कुल आय रकम प्रस्तुत गरेका थिए । त्यसैगरी व्यय तिर शिक्षक कर्मचारी तलव तथा बिभिन्न शिर्षकमा खर्च भएको कुल रकम व्यय प्रस्तुत गर्नु भएको थियो भने बिधालयको खातामा कति रहेकोे समेत लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
लेखा परिक्षण सभाबाट पारित गरिएको थियो। अभिभावक, बुद्धिजीवी राजनीतिक दलका नेताहरुले राखेका प्रश्न तथा जिज्ञासा प्रति प्रधानाध्यापक रामजन्म महतोले उत्तर दिएका थिए ।कार्यक्रममा पुर्व वडा अध्यक्ष दिपलाल साहले शुशासनको लागी समाजिक लेखा परीक्षण महत्वपूर्ण रहने पनि बताउनु भयो। लेखा परीक्षणले आर्थिक बिषयमा मात्र नभएर समग्र कार्यालयको कार्य र आगामी दिनको लागी सुझाव ग्रहण गर्ने उत्तम माध्यम रहेको पनि उहाको भनाई छ ।कार्यक्रममा जनप्रतिनिधि,अभिभावक,पत्रकार ,
प्रहरी, समाजसेवीहरुको उपस्थिति
रहेको थियो ।