रौशन कुमार चौधरी
असोज ०७, रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा रामजि जोशि कार्यालयमा हाजिर हुनु भएको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवाल ,नगर उप(प्रमुख रिता देवि यादब सहित वडाध्यक्षहरू र कार्यालयका
कर्मचारीहरूको उपस्थितिमा सोमबार जोशिलाई कार्यालयमा हाजिर गराउनु भएको हो । कार्यालयमा नगर प्रमुख जैसवालले जोसिलाई फुलमाला र टीका लगाएर स्वागत पनि गर्नु भएको थियो ।
कार्यालयमा हाजिर भएपछि जोशिले भने भर्खरै कटहरिया नगरपालिकााको नगर प्रमुख अजय प्रकाश जैसवाल सहित ११ जनालाई भ्रष्टाचार मृुद्धामा दोषि ठहराईएका थिए तर उक्त मुद्धामा कुनै ठोस प्रमाण नपाएपछि बिशेष अदालतले सफाई दिएपछि सबै जनाले आफ्नो कार्यकाल सम्हाल्दै पुन पदभार ग्रहण गर्नु भएको हो ।
वहाँले भने हो सत्यको बिजय अवश्य नै हुन्छ त्यसमा आतिनु हुदैंन जसले जति जालझोल गरेपनि कसैले केहि गर्न सक्दैन त्यस
कारण सबै जना आफ्नो सत्यको बाटो हिडनु पर्छ । साथसाथै मैले यस पालिकामा आएपछि कसैको काखा र कसैको पाखा हुने गरि काम गर्दैनौं । यस कार्यालयबाट सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताउनु भएको थियो । नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख जोशिले कर्मचारीहरूलाई निर्देशन पनि दिनु भएको थियो ।
यस नगरपालिकालाई नमुना बनाउने काममा आफनो सहयोग रहने उल्लेख गर्दै उहाँले जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । प्रमुख प्रशासकिय अधिकृत यहाँ आउनु भन्दा अघि रौतहटको बिभिन्न पालिकामा कार्यालय प्रमुखको रुपमा रहेर काम कार्यभार सम्हाली काम गरिसकेको अनुभव छ । यसअघि कटहरिया नगरपालिकामा भएको कमिकजोरीलाई सुधारदै अगाडि बढाउने र सबैलाई एक ढिका बनाएर अगाडि बढाउन आग्रह समेत गर्नु भएको थियो ।
अधिकृत जोशिले नगरपालिकामा हाजिर भए संगै पालिकाको आर्थिक लगायतका कामकाज अघि बढ्ने उहाँले बिश्वास व्यक्त गर्नु भएको थियो । नगरपालिकाको खाता संचालन भए लगत्तै रोकिएर बसेका बाँकी भुक्तानीहरुको काम हुने जनाईएको छ ।उक्त कार्यक्रममा बिभिन्न वार्डका जनप्रतिनिधिहरु लगायत बिभिन्न राजनेतिक दलका कार्यकर्ता,कर्मचारीहरुको सहभागिता रहेको थियो ।