रमेश कुमार यादब
असोज ०८ गते ।
रौतहटको देवाहिगोनाही नगरपालिकामा भएको तोडफोड घटनाले राजनीतिक रुपमा गम्भीर विवाद निम्त्याएको छ । जिल्लाको देवाहिगोनाही नगरपालिकामा भएको तोडफोड घटनालाई लिएर नगर प्रमुख प्रेमलाल साह कानुले गम्भीर आपत्ति जनाएका छन् । नगर प्रमुख प्रेमलाल साह कानुले यस घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई अत्यन्त निन्दनीय कार्यको रूपमा पनि व्याख्या गरेका छन् । नगर भित्रको बिधालयको अवस्था बुझि कुन बिधालयको अवस्था कस्तो छ, कसलाई कहाँ पठाउनु उचित हुन्छ भनि पाँच दिन अघि एउटा चिठि काटिएको थियो ।
सो बिषयमा मंगलबार नगरपालिकाका बिभिन्न बिधालयहरुको व्यवस्थापन, शिक्षाको गुणस्तर, तथा प्रधानाध्यापकहरुको कार्यक्षमताको मूल्यांकन गर्न बैठक बसेको थियो कि अचानक बिधार्थीहरु आएर तोडफोड गर्न थाल्योे त्यो देखेर हामि आशर्चय चकित भयौं मेयर साहले भने । पत्रकारहरुसंग कुराकानी गर्दै गरेको क्रममा प्रमुख साहले भने प्रधानाध्यापक सञ्जय साह,वडा ९ का अध्यक्ष बीरबहादुर साह, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छविलाल भन्ने श्यामानन्दन साह, स्थानिय राजेश साह, रञ्जन साह,गुदु यादव, नागेन्द्र यादव, लखिन्द्र भन्ने नबी लाल साहले बिभिन्न पूर्वाग्रह राखेर विधार्थी उचालेर प्रदर्शन र तोडफोड गराएको देवाही गोनाहिका मेयर प्रेमलाल साह कानुले बताएका छन् ।
श्री जय किसान माध्यमिक बिधालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद गुप्ताले आफूले गरेको भ्रष्टाचार र बिधालयमा भइरहेको अनियमितता ढाकछोप गर्न बिद्यार्थीहरुलाई उचालेर नगरपालिकाको सार्वजनिक सम्पत्तिमाथि तोडफोड गर्न लगाएको आरोप लगाएका छन्। नगर प्रमुख साहका अनुसार, बिरोधि दलका केहि राजनैतिककर्मीहरूसँग मिलेर गुप्ताले यो काम गराएको प्रारम्भिक प्रमाण प्राप्त भएको छ ।
गुप्ताले विद्यालयमा भएको अनियमितता र भ्रष्टाचारको पर्दाफास हुन नदिन विद्यार्थीहरूलाई उक्साएर नगरपालिकाको सार्वजनिक सम्पत्तिमाथि तोडफोड गराएका हुन्। साहले यसलाई अत्यन्त गम्भीर अपराधको रूपमा चित्रण गर्दै भने, “यो केवल सार्वजनिक सम्पत्तिमाथि आक्रमण मात्र होइन, विद्यार्थीहरूको भविष्यमाथि खेलवाड पनि हो।“ गुप्ता बिधालयमा हुने अराजक गतिविधिहरुमा संलग्न छन् र रातको समयमा बाहिरबाट मानिसहरुलाई बोलाएर जाडरक्सी खुवाउने, अनैतिक कामहरुमा लगाउने जस्ता गतिविधिहरु पनि गराउने गरेका छन्।
यी कुराहरु बाहिर आउन थालेपछि गुप्ता अतालिँदै सार्वजनिक सम्पत्तिमाथि तोडफोड गराउन उक्साएको आरोप मेयर साहले लगाएका छन् । मेयर साहले थप भने, “प्रधानाध्यापकहरूको हेरफेर कुनै अवैध प्रक्रिया होइन। जहाँसुकै प्रधानाध्यापक पुगे पनि विद्यार्थीको हितमा काम गर्नु उनको दायित्व हो।“यो होईन कि प्रधानाध्यापकको आडमा राजनेतिक गरि बिधार्थीको जिवनसंग प्रत्यक्ष खेलवाड गर्नु हो । साहले थप आरोप लगाउँदै भने, “यो केवल सार्वजनिक सम्पत्तिमाथि मात्र नभएर व्यक्तिगत घरमा समेत तोडफोड गराउन गुप्ताले भूमिका खेलेका छन्।”
यो घटनापछि नगरपालिकामा थप अस्थिरता उत्पन्न भएको छ भने, स्थानिय जनताले पनि यसबारे गम्भीर चासो देखाएका छन्। नगर प्रमुखले बिद्यालयको सुधारका लागि नगरपालिकाले चाल्न लागेको कदमलाई केही राजनीतिक दलहरूले तोडफोडको माध्यमबाट विरोध गर्न खोजेको र यसलाई अस्वीकार्य भन्दै कानूनी कारबाहीको माग गरेका छन्।
त्यति मात्र नभएर प्रदर्शनकारीहरुले नगरपालिकाबाट फर्केर गएका विद्यार्थीहरू देवाही गोनाही ९ धरहरी स्थित आफ्नो घरमा पनि ढुंगामुढा गरेको मेयर कानुले बताए । त्यसतै विद्यार्थीहरू नगर अस्पतालको प्राङ्गणमा राखिएको एम्बुलेन्समा समेत तोडफोड गरेको उनले बताए । राजनीतिक पूर्वाग्रहको कारण प्रधानाध्यापक सञ्जय साह वडा अध्यक्ष, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेतका मानिसले विधार्थी उचालेर घटना गरिएको मेयर प्रेमलाल साह कानुले दावी गरेका छन्। बिधार्थी द्वारा गरिएको तोडफोड र ढुंगामुढाबाट १५ लाख भन्दा बढीको क्षती भएको अनुमान गरिएको मेयर कानुले बताएका छन्।
ढुंगामुढाबाट घाईते तीनैजना प्रहरीको गरुडा स्थित अस्पतालमा उपचार भइरहेको छ। आरोपी प्रधानाध्यापक सञ्जय साह, वडा अध्यक्ष बीरबहादुर साह लगायतका मानिस हाल फरार रहेको तथा उनीहरूको खोजी भईरहेको प्रवक्ता एलिजा गिरीले जानकारी दिएकी छिन्। विधार्थी उचालेर ढुंगामुढा तोडफोड गराउने मानिसहरूको पहिचान भएको छ दोषीलाई कारवाहीको दायरामा ल्याउने उनले बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएकी छिन् । शिक्षा समितिको बैठक स्थगित गरेपछी विद्यार्थीहरू फर्केको थियो । साथै,तोडफोडमा संलग्नलाई कानूनी कठघरामा ल्याउन यस घटनाको विस्तृत छानबिन हुनुपर्ने र दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग नगर प्रमुख साहले गरेका छन् ।