बिभिन्न मुद्धाका १३ फरार प्रतिवादी रौतहट प्रहरीद्वारा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ आश्विन ९, बुधबार (१ साल अघि)
  • ३ पटक पढिएको
बिभिन्न मुद्धाका १३ फरार प्रतिवादी रौतहट प्रहरीद्वारा पक्राउ

वर्तमानकाल सम्वाददाता
असोज ०८, रौतहट

जिल्ला प्रहरी कार्यालय रौतहटले दुईको अवधिमा १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत गौर र जिल्ला प्रशासन कार्यालय रौतहटबाट अभद्र व्यवहार, चोरी, कुटपिट, जुवा लगायत विभिन्न मुद्दामा दण्ड जरिवाना तोकिएर फरार १३ जना प्रतिवादी पक्राउ लाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा राजपुर नगरपालिका ४ का वर्ष ३० का राम प्रवेश साह, , वर्ष २१ का कमरे आलम, ५ का वर्ष ३० का धर्वेन्द्र भगत माली, राजदेवी नगरपालिका ९ का वर्ष २९ का रन्धिर कुमार सिंह रहेका छन् ।

त्यसैगरी गौर नगरपालिका ४ का वर्ष २३ का बेलवा भन्ने हरिओम राय यादव, बौधिमाई नगरपालिका ५ का वर्ष ४० का मोनोफ मिँया, यमुनामई गाउँपालिका २ का वर्ष ३० को प्रदीप यादव भनिने प्रदीप अधिकारी, फतुवाबिजयपुर नगरपालिका ३ का वर्ष ३७ का पन्ना लाल साह, राजदेवी नगरपालिका–७ का वर्ष २७ को मुन्ना यादव भनिने आकाश राय यादव रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन्।

पक्राउ परेका सबैजना लाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा आज उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस