जनमत पार्टीले ४ केन्द्रीय सदस्यसहित ९ जनासंग माग्यो स्पष्टीकरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ आश्विन ९, बुधबार (१ साल अघि)
  • ४ पटक पढिएको
जनमत पार्टीले ४ केन्द्रीय सदस्यसहित ९ जनासंग माग्यो स्पष्टीकरण

वर्तमानकाल सम्वाददाता
असोज ०८ गते ।

जनमत पार्टीले ४ केन्द्रीय सदस्यसहित ९ जनासँग स्पष्टीकरण माग गरेको छ । ५ असोजमा महोत्तरीको जलेश्वरमा भएको पार्टीको प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रममा होहल्ला गरी कार्यक्रम बिथोृलेृको र भाँडभैलो गरेको आरोपमा जनमत पार्टीले ९ जनासँग स्पष्टीकरण माग गरेको हो ।

स्पष्टीकरण मागिएकामा केन्द्रीय सदस्यहरु दीपेन्द्र मधेशी, कोमल यादव, इन्द्रप्रसाद सिंह र सुरेश ठाकुर रहेका छन् । त्यस्तै जलेश्वर नगरपालिका समितिका सचिव सञ्जित यादव र साधारण सदस्यहरु सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहसँग पनि जनमत पार्टीका उपाध्यक्ष तथा अनुशासन समितिका प्रमुख दीपककुमार साहले स्पष्टीकरण माग गरेका छन् ।

उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी किन कारबाही हुनु नपर्ने हो भन्नेबारे ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस