ईलाका प्रहरी कार्यालय कटहरिया जलमग्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ आश्विन १२, शनिबार (१ साल अघि)
  • ४ पटक पढिएको
ईलाका प्रहरी कार्यालय कटहरिया जलमग्न

रबिन्द्र प्रजापति, असोज १२ गते । रौतहट ।
रौतहटको ईलाका प्रहरी कार्यालय कटहरिया जलमग्न भएको छ । अबिरल वर्षाको कारण ईलाका प्रहरी कार्यालय कटहरियामा पानीले जलमग्न भएको छ ।


विहिबार देखि लगातार परेको पानीले कटहरिया प्रहरी कार्यालयमा पानी जलमग्न भएको छ ।
जलमग्म भएपछि ड्युटीमा खटिनका लागी प्रहरीलाई कठिनाई भएको छ ।


बिहीवारदेखि लगातार परिरहेको झरी सहित वर्षाका कारण रौतहटका सर्वसाधारणको दैनिकीमा प्रभाव परेको छ।

निरन्तर वर्षाका कारण हिँडडुल गर्न नसक्नु, सामान्य कामकाज ठप्प हुनु र पशुधनका लागि चारा जुटाउन कठिनाइ हुनु प्रमुख समस्या बनेका छन्। गाउँघरमा सर्वसाधारण झरीका कारण थप कठिन परिस्थितिमा परेको जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस