रमेश कु्मार यादब
असोज १८, रौतहट
रौतहट जिल्लाको चन्द्रपुरमा होन्डा मोटरसाइकल र स्कुटरको नयाँ शोरुम उद्घघाटन भएको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरका आधिकारिक वितरक स्याकार टूेडिङ कम्पनीले आधिकारिकता दिएसँगै ओम ईन्टरप्राइजेजले चन्द्रपुर नगरपालिका वडा नं. ४ मा यो शोरुम सञ्चालनमा ल्याएको हो ।शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी नगर प्रमुख संजय काफ्लेले शोरुमको उद्घघाटन गरेका छन । उद्घाटन समारोहमा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्ले प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो ।
हिन्दु धर्मअनुसार परम्परागत विधिबाट रिबन काटेर गरिएको उक्त उद्घाटन समारोहमा नगर प्रमुख काफ्लेले मोटरसाइकल अहिलेको जीवनशैलीको अत्यावश्यक साधन भएको र यसको महत्व बढ्दै गएको कुरा आफ्नो सम्बोधनमा व्यक्त गरेका थिए । उनले मोटरसाइकललाई मानिसको दैनिक जीवनको अभिन्न अंगको रूपमा व्याख्या गर्दै भने, “मानिसको पाँच ज्ञानेन्द्रियमध्ये कुनै एकमा समस्या आउँदा जस्तै कठिनाइ उत्पन्न हुन्छ, त्यसैगरी आजको जीवनमा मोटरसाइकल पनि नभई नहुने आवश्यकता भएको छ ।“यस मध्यभाग तथा यस क्षेत्रको मुख्य ब्यापारिक स्थानमा शो रुम खुल्ला भएकोले यस ठाउँका मानिस लगायत वरिपरिका ग्राहकहरुलाई अति खुसिको खबर भएको नगर प्रमुख काफ्लेले बताएका थिए ।
यस भेगका मानिसहरुलाई यस अघि मोटरसाईकल किन्न बिरंगज, गौर र जनकपुर सम्म जानु पर्ने भएको थियो तर उक्त समस्याको झन्झट खत्म हुने भएको हो । अव समय र पैसाको बचत हुने र आफ्नै ठाउँमा किनने भएको हो । त्यस कारण सम्पुर्ण मानिसलाई अव यहिबाट आ(आफ्नो होन्डाको मोटरसाईकल र स्कुटर किन्न नगर प्रमुख काफ्लेले आग्रह गरेका थिए । त्यसतै उक्त शोरुमका प्रोप्राइटर सन्तोष कुमार यादवले होन्डा कम्पनीले नेपाली बजारमा १५ वटा मोडलका मोटरसाइकल र स्कुटरहरू उपलब्ध
गराएको जानकारी दिए । दशैंको अवसरमा ग्राहकहरूका लागि विशेष अफर समेत ल्याइएको यादवले जानकारी दिए ।
दशैंको पावन अवसरमा यो अफर नेपालभर रहेका सबै होन्डा शोरुमहरूमा लागू हुने छ, जसले ग्राहकहरूलाई मोटरसाइकल तथा स्कुटर खरिदमा अतिरिक्त लाभ प्रदान गर्नेछ । वहाँले भने अहिले दशैको अवसरमा मोटरसाईकल र स्कुटर किन्दा स्केच कार्ड मार्फत १० लाख सम्मको नगर उपहारको साथै ठुलो बाईक किन्दा १ लाखको छुट भएको ब्यवस्था गरिएको प्रोप्राईटर यादबले
जानकारी दिएका छन ।चन्द्रपुरमा यो नयाँ शोरुम खुल्नुका साथै स्थानीय बासिन्दाहरूलाई गुणस्तरीय सेवा र होन्डा ब्रान्डका उत्पादनहरू सहज रूपमा उपलब्ध हुने विश्वास गरिएको छ ।
मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकहरूको लागि शोरुमले बिक्रीपछि सेवा, पार्ट्स उपलब्धता तथा प्राविधिक सहयोगमा पनि उत्कृष्ट सेवा दिने उद्देश्य राखेको छ । त्यसतै यहि शो रुमको अर्को शाखा रौतहट जिल्लाको मध्यभाग तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा चिनिमिलको अगाडी समेत रहेको जानकारी दिनु भएको हो ।
त्यहाँबाट पनि किन्न सकिने बताउनु भएको हो । उद्घाटन समारोहमा गढिमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादब, चन्द्रपुर नगरपालिकााको प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी , जिल्ला टूूाफिक प्रहरी कार्यालयका रौतहटका प्रमुख लोकेन्द्र अधिकारी, स्थानीय व्यवसायी, समाजसेवी, संचारकर्मि तथा नगरवासीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।