रमेश कुमार यादब
असोज १९, रौतहट
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगरको विकासको लागि गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न महत्वपूर्ण कदमहरू चाल्दै आएका छन्। नगर प्रमुख कुर्मीले आफ्नो चुनावी प्रतिबद्धतालाई कार्यान्वयन गर्दै नगरको विकासलाई तीव्रता दिएका छन् । चुनाबको समयमा उनले नगरलाई उज्यालो बनाउने प्रतिबद्धता जनाएका थिए, जुन अहिले क्रमशः पूरा हुँदै गएको देखिन्छ । हालै, उनले वृन्दावन नगरपालिका वडा नं. १ स्थित चाँदि पुलको श्री सितेश्वर महादेव मन्दिर परिसरमा टावर लाइट जडान गर्ने कार्यको सुरुवात गरेका छन् ।
शनिबार नगर प्रमुख कुर्मीले दुर्गा पूजा अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै टावर लाइटको टूकमा आफैँ बसेर मन्दिर परिसरमा ल्याउनु भएको थियो । यो कदमले नगरलाई उज्यालो बनाउनका लागि गरिएको पहिलो ठोस कार्य मानिएको छ । स्थानिय जनताको लागि यो निकै खुशीको कुरा भएको छ, किनकि प्रमुख कुर्मीले चुनावी प्रतिज्ञाहरूलाई गम्भीरताका साथ पूरा गर्न लागेका छन् ।मन्दिर परिसरमा टावर लाइट जडान गर्नुका साथै, नगर प्रमुख कुर्मीले मेलाको अध्यक्ष संजिप पटेललाई रू. दुई लाख एकाउन्न हजारको चेक पनि हस्तान्तरण गर्नु भएका छन ।
चेक हस्तान्तरण कार्यक्रममा बृन्दावन नगरपालिकाको वार्ड नं.१ का वडाअध्यक्ष रामनाथ सहनी, २ नं. का वडाअध्यक्ष सिकिन्द्र प्रसाद पटेल, शिक्षा संयोजक उपेन्द्र महतो,युवा नेता सुरेन्द्र प्रसाद पटेल लगायत सयकडौं नेता कार्यकर्ता तथा भद्रभलादमि मानिसहरुको सहभागिता रहेको थियो । उक्त रकम मन्दिरको दिगो विकासका लागि प्रयोग गरिनेछ । प्रमुख कुर्मीले मन्दिरको अधुरो भवनलाई प्लास्टर, पेन्ट लगायतका कार्यहरू गरी यो आर्थिक वर्षभित्रै सम्पन्न गरिने जानकारी गराएका छन् ।
यससँगै, मन्दिर निर्माणको कामलाई दिगो विकासको अवधारणा अन्तर्गत अघि बढाउने योजनामा आफू प्रतिबद्ध रहेको बताउनुभयो । नगरको चौतर्फी बिकासको लागी म हरदम त्यार रहेको छु तर तपाईहरुको साथ र सहयोग भयो भने नगर प्रत्येक कुना कप्चामा बिकासको लहर ल्याउने प्रतिबद्धता जनाउनु भएको थियो ।यसै क्रममा, नगर प्रमुखले मेला समितिलाई टावर लाइटको जडान कार्य यथाशीघ्र सम्पन्न गराउन निर्देशन पनि दिएका छन् ।
यस निर्णयले स्थानिय वासिन्दाहरूमा हर्ष र उत्साह थपेको छ । नगर प्रमुखको नेतृत्वमा नगरको समग्र विकास र धार्मिक स्थलहरूको सुधारले बृन्दावन नगरपालिकालाई उज्यालो र समृद्ध भविष्यतर्फ डोहो¥याउने अपेक्षा गरिएको छ । त्यति मात्र नभएर नगर प्रमुख कुर्मिले चुनाबी प्रतिबद्धता जनाए अनुरूप नगरको विकासका लागि यस्ता ठोस कार्यहरू देखिन थालेपछि नगरवासीहरूमा आशा र उत्साहको वातावरण निर्माण भएको छ ।
नगर प्रमुखले आगामी दिनहरूमा पनि यसैगरी विकासका अन्य कार्यहरूलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । जनताले प्रमुख कुर्मीलाई उनको इमानदारी, प्रतिबद्धता र विकासप्रतिको लगनशीलताका लागि धेरै धन्यवाद तथा सम्मान प्रकट गरेका छन् ।