रमेश कुमार यादब
असोज २०, रौतहट
रौतहटको बृन्दावन नगरपालिकामा यस बर्षको दुर्गा पूजालाई भव्य र सभ्य रूपमा सम्पन्न गराउन नगरपालिकाले महत्वपूर्ण योगदान गरेको छ । नगर प्रमुख बिनोद प्रसाद कुर्मीले वार्ड नं. १, २ र ३ को संयुक्त आयोजनामा हुन लागेको दुर्गा पूजा मेलालाई आर्थिक सहयोग स्वरूप एक लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् ।यस दुर्गा पूजाको आयोजनालाई सफल बनाउन बृन्दावन नगरपालिकाका नगर प्रमुख कुर्मीले मेला समितिका कोषाध्यक्ष शम्भु प्रसाद यादवलाई चेक हस्तान्तरण गर्दै पूजा मेलालाई सभ्य, शान्तिपूर्ण र धार्मिक वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउने प्रतिबद्धता जनाएका थिए ।
चेक हस्तान्तरण कार्यक्रममा बृन्दावन नगरपालिकाको वार्ड नं.१ का वडाअध्यक्ष रामनाथ सहनी, ३ नं.का वडाअध्यक्ष हरिनरायण साह, सोहि वार्डका निर्वाचित वडासदस्य बिरेन्द्र प्रसाद यादब, महिला सदस्य, पशुराम यादब लगायत नगरका अन्य जनप्रतिनिधिहरू, समाजसेवीहरू, र स्थानीय बासिन्दाहरूको पनि उपस्थिति रहेको थियो ।कार्यक्रममा विभिन्न वक्ताहरूले आफ्नो मन्तव्य राख्दै दुर्गा पूजाको महत्त्व, यसले समाजमा ल्याउने धार्मिक एकता र भाइचाराको बारेमा चर्चा गरेका थिए। उनीहरूले नगरपालिकाको आर्थिक सहयोगले पूजा आयोजना थप व्यवस्थित र भव्य हुने विश्वास व्यक्त गरे।
हनुमान चौकमा आयोजना हुने यो पूजा मेलाले धार्मिक उत्सवका साथै स्थानीय समुदायमा आपसी मेलमिलाप र सद्भावको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।नगर प्रमुख कुर्मीले दुर्गा पूजामा सहभागी हुने सबैलाई शुभकामना व्यक्त गर्दै नगरपालिका सदैव सांस्कृतिक, धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यसले नगरपालिका भित्रको धार्मिक सहिष्णुता र एकताको भावना अझै प्रगाढ बनाउन मद्दत पु¥याउनेछ । वहाँले भने यो रकम दुर्गा पूजा मेलाको सफल आयोजना र व्यवस्थापनका लागि सहयोग स्वरूप प्रदान गरिएको बताउनु भयो ।
उनले दुर्गा मन्दिरको महत्त्वलाई उल्लेख गर्दै भविष्यमा अझ धेरै सहयोग गर्ने वाचा पनि गरेका थिए । त्यति मात्र नभएर हाम्रो नगरको कुनै पनि ठाउँमा हुने धार्मिक कुरामा समान ब्यवहार गर्ने र आँउदो समयमा पनि साथसहयोग रहियो भने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । यस अघि नगर प्रमुख कुर्मिले बृन्दावन नगरपालिकाको वार्ड नं.१ बलेरी खोरमा भईरहेको दुर्गा पुजा मेलामा २ लाख पच्चास हजार रुपैंया सहयोग गर्नु भएको थियो ।
त्यसतै सोहि नगरपालिकाको वार्ड नं.६ सिसवा धमौरामा पनि भईरहेको दुर्गा पुजा मेलाको लागी मेला समितिको अध्यक्ष महेन्द्र दासलाई १ लाखको चेक हस्तान्तरण गर्नु भएको थियो । यस कार्यलाई मेला समितिका सदस्य र स्थानीय बासिन्दाहरूले निकै उच्च मूल्यांकन गर्दै मेयर कुर्मीप्रति आभार व्यक्त गरेका थिए । समितिका अन्य सदस्यहरूले पनि नगरपालिकाले
गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन सबै पक्षबाट आवश्यक सहयोग र समर्थनको अपेक्षा गरेका थिए।