“नेपाल भारत बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध” श्रीमननारायणद्वारा लिखित पुस्तक विमोचन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ आश्विन २१, सोमबार (१ साल अघि)
  • ३ पटक पढिएको
“नेपाल भारत बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध” श्रीमननारायणद्वारा लिखित पुस्तक विमोचन

वर्तमानकाल सम्वाददाता
असोज २१ गते ।

विगत तिन दशक अघि देखि निरन्तर रुपमा कलम चलाउदै आउनु भएका श्रीमननारायणद्वारा लिखित लेखहरुलाई संग्रह गरेर तयार पारिएका पुस्तकको सोमवार एक समारोहका बिच बिमोचन गरिएका छन् । वीरगञ्जको ब्रम्ह् चौकमा रहेका ममता विद्या मन्दिरमा आयोजित “नेपाल भारत बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध” लाई लिएर तयार पारिएका पुस्तकलाई मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै पूर्व मुख्यमन्त्री लालबाबु राउतले मधेशका जिल्लामा बसेर बर्षौ देखि अनवरत रुपमा लेखको माध्यमबाट नेपाल भारतको सम्बन्धलाई प्रगाढ बनाउने कार्यमा श्रीमननारायणको भुमिकालाई सराहना गर्दै नेपाल भारत बीचको सम्बन्ध आजको होइन, यो सम्बन्ध धेरै पौरानिक काल देखि चल्दै आएको सम्बन्ध रहेको चर्चा गरे ।

सो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वीरगञ्ज स्थित भारतीय बाणिज्य महादुतावासका शिक्षा, राजनीति तथा सहयोग नियोगका इन्चार्ज तरुण कुमार, प्रतिक दैनिकका संस्थापक एवं वरिष्ठ पत्रकार जगदिश शर्मा, दुर्गा भगवती गाँउपालिका अध्यक्ष शम्भु सिंह, हेमशंकर सिंह लगायत विशिष्ट व्यत्तित्वहरुको उपस्थिपति रहेको थियो । नेपाल भारत सम्बन्धलाई लिएर प्रकाशित भएको पुस्तकको सम्बन्धमा लेखक श्रीमन्नारायणले प्रकाश पारेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस