रमेश कुमार यादब
असोज २४, रौतहट
रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं. १ मा नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा विशेष चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम नेकपा (एस) का वडा संयोजक सुरेन्द्र पटेलको अध्यक्षतामा आयोजना गरिएको थियो भने नगर प्रमुख बिनोद प्रसाद कुर्मी कार्यक्रमका प्रमुख अतिथी रहनु भएको थियो भने कार्यक्रमलाई बृन्दावन नगरपालिकाको कार्यपालिका सदस्य राजेश पासवान निर्माणीले संन्चालन गर्नु भएको थियो ।
कार्यक्रमको दौरान, नगर प्रमुख कुर्मीले असुरी शक्तिमाथि सत्यको विजय भएको ऐतिहासिक पौराणिक सन्दर्भलाई जोड दिँदै दशैंको महत्त्वको चर्चा गर्नु भएको थियो । उहाँले उपस्थित सबैलाई बडा दशैंको शुभकामना व्यक्त गर्दै नगरको समृद्धि र शान्तिको कामना गर्नु भएको थियो । दशैँ पर्व सत्य र असत्यबीचको संघर्षमा सत्यको विजयको प्रतीक भएको उल्लेख गर्दै सम्पूर्ण उपस्थितलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
उहाँले दशैँले समाजमा एकता, मेलमिलाप, र सकारात्मक सोचको विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नु भएको थियो । साथै, उहाँले नगरपालिकाको समृद्धि र विकासको लागि सबैलाई सहकार्य र सहयोग गर्न आह्वान गर्नुभयो ।साथै, उहाँले बृन्दावन नगरपालिकामा भइरहेका विकास योजनाहरूको चर्चा गर्दै आगामी दिनमा नगरको विकासमा जनतासँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनु भएको थियो ।
नगर प्रमुख कुर्मिले निर्वाचित भएदेखि नै आफुलाई परास्त गर्न र बिफल पार्न बिपक्षी दलका नेताहरु लागी परेका छन । वहाँले भने निर्वाचितको केहि समय नबित्दै नगरपालिका अगाडी ३८ दिनको धर्ना देखि लिएर अहिले सम्म नदि टेन्डरको बिषय लिएर, पालिकाको डोजरमाथि तोडफोड, ट्रेक्टरको बिभिन्न पार्टको भागलाई फोडने, ड्राईभरमाथि संघाति हमला गराउने त्यति मात्र नभएर बिभिन्न बहाना बनाएर बिभिन्न मुदा दर्ता गराउने जस्ता क्रियाक्लापले नगरपालिकालाई अस्त ब्यस्त बनाउनमा लागी परेका छन ।
तैपनि आफु जनताको बहुमुल्य मतबाट निर्वाचित भएपछि उनीहरुको हकहितको लागी काम गर्नमा अलिकति पनि मेरो कदम डगमगाएको छैन नगर प्रमुख कुर्मिले भने । वहाँले भने हामि निर्वाचित भएको करिब तिन बर्षको अवधिमा बिगतको नगर प्रमुखको पाँच बर्षको अवधि भन्दा दश गुणा काम गरेर जनता बिच देखाई दिएको छु । एक दुई वाड छोडेर प्रत्येक वार्डमा बिकासको लहर ल्याएको छु , करिब ६ करोड भन्दा बढिको काम गराएको छु बताउनु भयो ।
त्यति मात्र नभएर हाम्रो अवधिको तिन बर्षमा स्वास्थ्य, शिक्षामा बिशेष फडको मारेको छ र त्यति मात्र नभएर अझैं दुई बर्षमा यो भन्दा अझै राम्रो काम गरेर देखाउने प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि आ–आफ्ना मन्तव्य राख्दै नगरको विकासमा एकता र सहकार्यको आवश्यकता रहेको कुरा औंल्याए । सोहि क्रममा नगर उपप्रमुख संगिता देवी रामले हाम्रो पार्टी नेकपा एसले निर्वाचित भएदेखि नै जनताको हकहितको लागी काम गर्दै आईरहेको बताउनु भएकी थिईन् ।
वहाँले भनिन झगडाको कुरा त हाम्रो घरमा पनि भईरहन्छ, जुन हामि एक आमाबुवाको हुन्छौ तर हाम्रो पार्टीमा बिभिन्न ठाउँबाट निर्वाचित भएका आएका मानिसहरु छन, सबैको बिचार, बुझाई फरकफरक रहेका छन भने झगडा र मेलमिलाप त स्वाभिक कुरा हो तर पनि हामि सबै जना एक भई नगरको बिकासका लागी लागी परेका छौ ।
मन्तब्यको क्रममा बोल्दै वडा नं.७ का अध्यक्ष जग्रनाथ प्रसाद पाल भेडिहरले शक्तिकी देबि दुर्गा माताले हरेक महिलाहरुलाई शक्तिका साथै हरेक नागरिकहरुको उत्थानका लागि काम गर्ने प्रेरणाका साथै शक्ति प्रदान गरून् भन्दै दशैको शुभकामना दिनु भएको थियो ।वडा नं. ९ का अध्यक्ष प्रवेज आलमले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व बडा दशैले हरेक नागरिकलाइ खुसी,उमङताका साथै आर्थिक भारकै कारणले दशै कसैका लागि दशा नबनोस साथै आफ्नो दक्ष अनुसार पर्बलाइ हरेकले भित्र्याउन सफल हुन सकुन भन्दै दशैको शुभकामना व्यक्त गर्नु भएको थियो ।
यसैगरी वार्ड नं.८ का वडाअध्यक्ष रबिन्द्र साहले दशै पर्बमा दुर्गामाताले हरेक नागरिकलाई आर्दश मुल्य मान्यता शुसासन जस्ता कुराको पालना गर्ने सत्बुद्धि देउन भन्दै दशैको शुभकाना दिनु भएको थियो । स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी तथा आम नगरबासीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा वक्ताहरूले नगरको शैक्षिक, स्वास्थ्य, यातायात, सरसफाइ, र रोजगारी साथै भौतिक पूर्वाधारमा सुधार गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रमको प्रमुख उद्देश्य नगरवासीहरूबीच आपसी भाइचारा र सद्भाव कायम गर्दै आगामी दिनहरूमा नगरको सर्वाङ्गीण विकासमा सबैले हातेमालो गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नु थियो । चियापान तथा शुभकामना आदान प्रदानपछि स्थानीय सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएका थिए, जसले माहोललाई झनै उत्साहपूर्ण बनाएको थियो। समग्रमा, बृन्दावन नगरपालिकामा यसपालिको बडा दशैं चियापान कार्यक्रमले नगरवासीहरूलाई एकताको सूत्रमा बाँध्दै नगरको समृद्ध भविष्यतर्फ अग्रसर गराउने प्रतिवद्धता जनाउँदै सुखद रुपमा सम्पन्न भएको छ।