रमेश कुमार यादब
असोज २५,रौतहट
रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको वडा नम्बर ६ सिस्वामा आयोजना गरिएको नवरात्री मेलाको सांस्कृतिक कार्यक्रमको उद्घघाटन एक समारोहबीच सम्पन्न भएको छ । नव दुर्गा पूजा समितिको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि २०८१ सालको दशैँको अवसरमा मेलासँगै विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका छन् ।
मेलाको उद्घघाटन जनता समाजवादी पार्टी नेपालका जिल्ला सह–इन्चार्ज तथा मधेश प्रदेश सरकारको दलित विकास समितिका प्रदेश सदस्य, युवा नेता, प्रखर वक्ता र लोकप्रिय व्यक्तित्व राजकुमार दासले फिता काटेर उद्धघाटन गरेका थिए ।। दास आफ्नो तेजस्वी वक्तव्य र नेतृत्व क्षमताका कारण स्थानीय तहमा निकै लोकप्रिय युवा नेता मानिन्छन् ।
उद्घघाटन समारोहमा प्रमुख अतिथि राजकुमार दासले मेला सम्बोधन गर्दै यस प्रकारका सांस्कृतिक कार्यक्रमहरूले समाजमा आपसी एकता, भाईचारा र सद्भावको माया प्रगाढ बनाउने बताए । उनले भने, “बर्षमा एक पटक आयोजना गरिने यस्ता पर्वहरूले समाजमा सद्भाव कायम गर्नुका साथै असत्यमाथि सत्यको विजयको सन्देश पनि फैलाउने गरेका छन । यस्ता पर्वहरूले समाजको कल्याणको लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई थप व्यवस्थित र भव्य बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।“दासले कार्यक्रममा आर्थिक सहयोग गर्ने वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीलाई विशेष धन्यवाद दिएका थिए ।
साथै, अन्य सहयोगी हातहरूलाई नमन गर्दै यस प्रकारका कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्न अपिल गरेका थिए । प्रमुख अतिथिले आगामी दिनमा मेलालाई अझ व्यवस्थित र प्रभावकारी बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूले परम्परागत नृत्य, गीत, तथा नाटक प्रस्तुत गरेर दर्शकहरूको मन जितेका थिए भने मेलालाई झनै रंगीन बनाएको थियो । मेलामा विशेषगरी स्थानीय संस्कृतिको झल्को दिने प्रस्तुतिहरूले माहौललाई थप रोचक बनाएको थियो।
यस प्रकारका कार्यक्रमहरूले गाउँलाई मात्रै नभई सम्पूर्ण समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने जनाइएको छ। उक्त कार्यक्रममा बिभिन्न वतmाहरुले आ–आफ्नो मन्तब्य राख्दै मेलालाई आउँदो समयमा अझै सुन्दर र मनमोहक बनाउने सामुहिक रुपमा प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा मेला समितिका अध्यक्ष महेन्द्र दास तत्माले सहभागिहरुलाई फुलमाला,दोसाला र टिका लगाएर सम्मान सहित स्वागत गरेका थिए ।
मेलाको समापनसम्म विभिन्न सांस्कृतिक प्रस्तुतिहरू र मनोरञ्जनात्मक कार्यक्रमहरूको योजना बनाइएको छ, जसले मेलामा सहभागीहरूको मन जित्ने विश्वास गरिएको छ। यस अवसरमा विभिन्न स्थानीय नेताहरू, समाजसेवीहरू, युवा तथा बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मेलाको सांस्कृतिक कार्यक्रमले नवरात्रिको पावन अवसरमा धार्मिक एवं सांस्कृतिक एकताको सन्देश दिन सफल भएको आयोजक समितिले जनाएको छ।