रमेश कुमार याखब
कार्तिक ०३, रौतहट
धनगढी टोल खानेपानी तथा सरसफाई योजना उपभोक्ता समितीको ९ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम बृन्दावन नगरपालिकाको वडा नं. २ स्थित धनगढी टोलमा आयोजना गरिएको थियो, जसमा नगर प्रमुख बिनोद प्रसाद कुर्मीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कुर्मीले उपभोक्ता समितिले समुदायको खानेपानी समस्यालाई समाधान गर्न गरेको प्रयासको प्रशंसा गर्दै, आगामी दिनमा पनि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले स्थानीय विकास र सरसफाईको महत्त्वबारे प्रकाश पार्नु भएको थियो । वहाँले भने मानिसलाई गास, बास र कपास झै स्वस्थ्य रहन शुद्ध पानीको पनि अति नै महत्वपुर्ण भुमिका रहेका छन ।
यस धनगढी टोलमा जम्मा चार सय ६५ घरधुरी मध्ये यस शुद्ध खानेपानीसंग २ सय ४० घरधुरी लाभान्वित रहेका छन । यति मात्र नभएर बाँकी २२५ घरधुरीलाई चाडौँ भन्दा चाडौं उनीहरुको घरमा शुद्ध खानेपानी पुरयाउन उपभोक्ता समितिका पदाअधिकारीहरुलाई निर्देशन समेत दिनु भएको थिए । शुद्ध खानेपानीमा उठेको बिधुत महसुल पालिकाले तिर्ने ,त्यति मात्र नभएर खानेपानीमा प्रयोग भएर खराब भएका पुरानो मटरको मर्मत सम्भार देखि लिएर त्यसको बाँकी रकम २ लाख २५ हजार रुपैंया नगरपालिकाले नै तिर्ने भनि उद्धघाटन समारोहमा नगर प्रमुख कुर्मि प्रतिवद्धता समेत जनाउनु भएको थियो ।
त्यसतै सोहि वार्डमा निर्माण भएको सार्वजनिक धर्मशाला मर्मत गर्ने कार्यमा लाग्ने सम्पुर्ण खर्च तिर्ने बाचा गर्नु भएको थियो । नगर प्रमुख कुर्मिले जनताहरुको हकहितको लागी सदैव तत्पर रही उनीहरुको सेवा लागी परेको बताउदै भने तपाईहरुको साथ सहयोग रहियोे भने बिपक्षीहरुको जालझेललाई तोडर्दै जनताको सेवा लागी रहने बताएका थिए ।
साथै कार्यक्रममा विशेष रूपमा १ का १० धुर जग्गा समितिलाई निशुल्क दान दिने जग्गा दाता हरेन्द्र मोहन भण्डारी र धनमाया भण्डारीका छोरा मोहन सिंह भण्डारीलाई सम्मान पत्र, खादा र माला सहित नगर प्रमुख कुर्मिले सम्मान गर्नु भएको थियो कार्यक्रमको अध्यक्षता गर्दै खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिन दयाल प्रसाद कुर्मिले समितिको आर्थिक वर्ष २०८०÷८१ को आय(व्यय प्रतिवेदन विवरण प्रस्तुत गर्नु भएको थियो ।
उहाँले समितिले विगतका वर्षहरूमा गरेको प्रगतिहरूको चर्चा गर्दै, आगामी वर्षमा थप योजनाहरू अघि बढाउने योजना रहेको जानकारी दिनुभयो । प्रतिवेदनमा समितिको हालसम्मको आर्थिक गतिविधि, आम्दानीका स्रोत र खर्च विवरण प्रस्तुत गरिएको थियो। उहाँले खानेपानीबाट आवद्ध घर धुरीबाट अहिले सम्म जम्मा ८२ हजार रुपैंया समितिसंग रहेको बताउनु भएको थियो ।
आगामी योजनाहरूको समेत चर्चा गर्दै, नयाँ पाइपलाइन विस्तार तथा सफाइ अभियानलाई प्राथमिकता दिने बताउनुभयो । त्यसतै समितिका सचिव र कोषाध्यक्षले पनि आ(आफ्ना प्रतिवेदनहरू प्रस्तुत गर्दै खानेपानी व्यवस्थापन, सरसफाईको सुधार, र भविष्यमुखी योजनाहरूको जानकारी गराएका थिए । विभिन्न वक्ताहरूले खानेपानी तथा सरसफाईका चुनौतीहरू समाधान गर्न सबैको एकताबद्ध प्रयास आवश्यक भएको कुरामा जोड दिए।
स्थानीय उपभोक्ताहरूको ठूलो उपस्थिति रहेको उक्त कार्यक्रममा सोहि वार्डका वडाअध्यक्ष सिकिन्द्र प्रसाद कुर्मि, रास नरायण पटेल ,समितिका कोषाअध्यक्ष छविलाल राउत, वडा सदस्यहरू, स्थानीय नेताहरू, र समाजसेवीहरूको पनि सहभागीता रहेको थियो भने कार्यक्रमलाई संन्चालन समितिका सचिव राजेश रामले गर्नु भएको थियो ।उपभोक्ता समितिहरुले गरेको कामको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्तै किसिमको सेवा निरन्तरता होस् भन्ने स्थानियहरुले अपेक्षा व्यक्त गरेका थिए ।