हेल्थ ल्याण्ड हस्पिटलमा नगर प्रमख जैसावल सहित बिभिन्न पदाअधिकारीहरुको निरिक्षण र अनुगमन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक ६, मंगलबार (१ साल अघि)
  • ३ पटक पढिएको
हेल्थ ल्याण्ड हस्पिटलमा नगर प्रमख जैसावल सहित बिभिन्न पदाअधिकारीहरुको निरिक्षण र अनुगमन

रौशन कुमार चौधरी
कार्तिक ०५, रौतहट

रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ४ मा अवस्थित हेल्थ ल्याण्ड हस्पिटलमा युएसएआईडी (ग्क्ब्क्ष्म्) अन्तर्गतको एआरएच (ब्मयभिकअभलत च्भउचयमगअतष्खभ ज्भबतिज) कार्यक्रमको अनुगमन तथा निरीक्षण गरिएको थियो । अनुगमन कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद जैसवाल, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादव, युएसएआईडी एआरएचका चिफ अफ पार्टी, एमईएल डाइरेक्टर, मधेश प्रदेशका कोअर्डिनेटर, र अन्य सम्बन्धित कर्मचारीहरू अनुगमन कार्यक्रममा सहभागी जनाएका थिए ।

कार्यक्रमको मुख्य उद्देश्य किशोर किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने र परिवार नियोजनको महत्वबारे जानकारी गराउने रहेको थियो । विशेष गरी, किशोर किशोरीहरूलाई यौन स्वास्थ्यको विषयमा सही जानकारी दिनुका साथै उनीहरूको स्वास्थ्य सुधार गर्न र प्रजनन स्वास्थ्यमा सुधार ल्याउने प्रयास गरिएको छ। अनुगमन टोलीले हेल्थ ल्याण्ड हस्पिटलमा प्रदान गरिने सेवाहरूको गुणस्तर, उपलब्धता, र सेवाग्राहीहरूको अनुभवको अध्ययन गरेको थियो। कार्यक्रमका क्रममा किशोर किशोरीहरूका लागि उपलब्ध गराइने परामर्श सेवाहरू, स्वास्थ्य शिक्षा, र परिवार नियोजनका सामग्रीहरूको वितरणमा ध्यान केन्द्रित गरिएको थियो ।

नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले यस्तो कार्यक्रमले किशोर किशोरीहरूलाई स्वस्थ भविष्य निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए । विशेषगरी किशोर किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी प्रदान गर्दै परिवार नियोजनमा सुधार ल्याउने उद्देश्यले सञ्चालन भइरहेको छ । उनले किशोर किशोरीहरूलाई यौन शिक्षा र प्रजनन स्वास्थ्यका विषयमा सही जानकारी दिनुपर्नेमा जोड दिँदै यो कार्यक्रमलाई थप विस्तार र प्रभावकारी बनाउन हस्पिटलका डा.राकेश चौधरीलाइई आग्रह समेत गरेका थिए भने सहभागीहरूले हेल्थ ल्याण्ड हस्पिटलमा उपलब्ध गराइरहेको सेवा, परामर्शदाताहरूको दक्षता, औषधि वितरण प्रक्रिया, र स्वास्थ्य परामर्शको गुणस्तरको निरीक्षण गरेका थिए ।

साथै, किशोर किशोरीहरूका लागि सुरक्षित र गोप्य सेवा उपलब्ध गराउन अस्पतालको भौतिक संरचना तथा सेवा प्रणालीको अनुगमन गरिएको थियो ।। जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले पनि यो कार्यक्रमले किशोर किशोरीहरूको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने र जनचेतना अभिवृद्धि गर्न मद्दत पु¥याउने बताए । वहाँले भने यस्तो सेवा निरन्तर रूपमा
प्रभावकारी ढंगले सञ्चालन गरि राख्नुपर्ने र युवाहरूको स्वास्थ्यप्रति सजग हुनुपर्ने कुरामा जोड दिएका थिए ।

यो अनुगमनको निष्कर्षस्वरूप केही सुधारका सिफारिसहरू गरिएको छ जसमा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, सेवा प्रदायकहरूको नियमित तालिम तथा किशोर किशोरीहरूका लागि थप गोप्य तथा मैत्रीपूर्ण सेवाहरू प्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । अभियान नेपालका प्रतिनिधिहरूले किशोर किशोरीहरूको यौन र प्रजनन स्वास्थ्यमा ध्यान दिनुपर्ने आवश्यकता बारे जानकारी गराउँदै, किशोर अवस्थामै यस्ता सेवाहरू प्राप्त गर्नु उनीहरूको भविष्य स्वास्थ्यको लागि महत्वपूर्ण हुने बताए ।

युएसएआईडी एआरएच कार्यक्रमले नेपालका विभिन्न क्षेत्रहरूमा यौन स्वास्थ्य र परिवार नियोजनका बारेमा सचेतना अभिवृद्धि गर्दै किशोर किशोरीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ । कार्यक्रममा हस्पिटलका प्रशासकिय अधिकृत संजय चौधरी, मधेश प्रदेशको कोडिनेटर बिजय झा, एमईल डाईरेक्टर बिदुर बास्तोला, चिफ अफ पार्टी सुजेन रैर , अभियान नेपाल एक्सक्युटिभका डाईरेक्टर शत्रुधन सिंह ,किशोर किशोरी मैत्री सेवा कार्यक्रमका प्रतिनिधिहरू, स्वास्थ्य शाखाका प्रमुख, स्थानीय स्वास्थ्यकर्मीहरू तथा साझेदार संस्था अभियान नेपालका प्रतिनिधि एवं कर्मचारीहरूको सहभागिता रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस