दीपावली र छठ नजिकिंदा, रौतहटमा घर रङरोगन गर्न भ्याइनभ्याइ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक ८, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
दीपावली र छठ नजिकिंदा, रौतहटमा घर रङरोगन गर्न भ्याइनभ्याइ

रबिन्द्र प्रजापति
कार्तिक ०७,रौतहट

दीपावली र छठ पर्व नजिकिएकाले रौहतटमा घरआँगन सरसफाइसँगै रङरोगन गर्न पेन्टरलाई भ्याइनभ्याइ भएको छ । दसैँ सकिएलगत्तै दीपावलीका लागि सरसफाइ गर्ने, पक्की घरमा रङरोगन गर्न दक्ष पेन्टरलाई भ्याइनभ्याइ भएको हो ।
दीपावली र छठका बिचमा पेन्टरलाई काम भ्याउने चटारो छ ।

अहिले रङरोगन गर्न पनि घरपेटीले कुनै मोलमोलाई गर्दैनन् । कामको चापले मोबाइलको स्विच अफ गर्ने परिस्थिति समेत आउँछ । पेन्टिङ गर्ने मजदुरले बिना लगानी राम्रो आम्दानी गर्ने गरेको छ । रौतहटको कटहरिया, गौर, गरुडा, देवही गोनाही, फतुवा बिजयपुर लगायत १८ वटै पालिकामा अहिले पेन्टरहरु मात्र नभई महिलाहरुले समेत आफ्नो घर आंगन सरसफाई तथा रङरोगन गर्न ब्यस्त बनेको देखीन्छ ।

अहिले गाउँ गाउँका महिलाहरुले माटोको घरमा लिप्प पोत्त गर्न ब्यस्त बनेको देखिएको छ । अरु समय सरसफाई नभएपनि दिपावली र छठ नजिकिए पछि अनिवार्य सरसफाई लिप्पपोत गर्नु पर्छ । रौतहटको ग्रामिण भेगमा माटोको बस्ती अत्याधिक रहेपनि गाउँ गाउँमा माटो र गोबर उपयोग गरि लिप्पपोत गरिने चलन छ ।

घर आंगनललाई माटो र गोबरले लिप्प पोत्त गर्दा शुद्ध हुने धार्मिक विश्वास रहेको कटहरिया नगरपालिका वडा नम्बर ५ की बबिता देवीले बताईन । तिथी अनुसार कार्तिक शुरु भएसंगै घर आंगन सरसराई र रङरोगन गर्दा लक्ष्मी र गणेश सहित छठी मैयाको आगमण हुने धार्मिक विश्वास रहेको कटहरियाका अर्की महिला अनिता देवीले बताईन । दीपावली र छठका बिचमा महिलाहरुलाई काम भ्याउने चटारो छ । यर वर्षको दिपावली अर्थात लक्ष्मी पूजा कार्तिक १५ गते विहीबारको दिन परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस