रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक ८, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

वर्तमानकाल सम्वाददाता
कार्तिक ०७, रौतहट

रौतहटको गढीमाई नगरपालिका ७ धनहारी गाउँमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
धनहारीस्थित महाबिरी झन्डा मेलामा कस्मेटिक पसल गरी बसेका माधवनारायण नगरपालिका ९ का विजय सहनीका श्रीमती २४ वर्षीय रिङकु देवी सहनीको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताए । खेतमा राखेको आफनै ठेला ल्याउने क्रममा मेलामा जडान गरी ल्याएको विद्युतीय तारबाट करेन्ट लागी उनी घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पतालमा ल्याएलगत्तै बुधवार चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। शवको पोष्टमार्टम भै अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस