रमेश कुमार यादब
कार्तिक १०, रौतहट
बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीलाई पारिवारिक शोक परेको छ । नगर प्रमुख कुर्मीका ठूला दाजु जोखु प्रसाद कुर्मीको ७१ वर्षको उमेरमा असामयिक निधन भएको हो । शुक्रबार साँझ दैवीक कालगतिका कारण उहाँको निधन भएको हो । जोखु प्रसाद कुर्मी लामो समयदेखि नेकपा एकिकृत समाजबादी पार्टीमा बिगत लामो समय देखि राजनीतिक जीवनमा सक्रिय रूपमा सक्रिय रहँदै आएका थिए ।
उहाँको स्वभाव सरल, इमानदार र समाजसेवामा समर्पित रहेकोले समाजमा उहाँको उच्च सम्मान थियो । पार्टीभित्र त्यागी र निष्ठावान नेताका रूपमा चर्चित जोखु प्रसाद कुर्मीले विभिन्न राजनीतिक तथा सामाजिक क्रियाकलापहरूमा सक्रिय योगदान पु¥याउँदै आउनुभएको थियो ।जोखु प्रसाद कुर्मी समाजमा दुख र अप्ठ्यारोमा परेका मानिसहरूलाई सकेसम्म सहयोग गर्न रुचाउनुहुन्थ्यो ।
उहाँको व्यक्तित्वले धेरैको मन छोएको थियो, र यसकारण उहाँको असामयिक निधनले बृन्दावन नगरपालिकामा मात्रै होइन, सिङ्गो गाउँमा शोकको लहर छाएको छ । उहाँको निधनले पार्टी र समाजलाई ठूलो क्षति पुगेको छ र सबैले उहाँलाई गहिरो सम्मानका साथ सम्झिरहेका छन् ।
जोखु प्रसाद कुर्मीको अन्तिम संस्कार बृन्दावन नगरपालिकाको वार्ड नं.१ रमौलीघाटमा गरिएको थियो, जहाँ परिवारजन, स्थानीय जनता, पार्टीका सदस्य र समाजसेवीहरू साथै नेता कार्यकर्ताहरूको ठूलो सहभागिता रहेको थियो ।
शोकको यस घडीमा नगर प्रमुख बिनोद प्रसाद कुर्मीको परिवारलाई समवेदना दिन गाउँका स्थानीयहरू, पार्टीका नेता(कार्यकर्ता, र विभिन्न संघ(संस्थाका प्रतिनिधिहरू पुगीरहेका छन् । जोखु प्रसाद कुर्मीको योगदानलाई स्मरण गर्दै गाउँका धेरैले उहाँको आत्माको चिर शान्तिको कामना गरेका छन् ।