रमेश कुमार यादब
कार्तिक १२, रौतहट
रौतहट जिल्लामा प्रहरीले स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति
भारत बिहारको मोतीहारी जिल्लाको ढाका थाना अन्तर्गत पर्ने फूलवरिया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी रहेको जिल्ला
प्रहरी कार्यालय रौतहटले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार चौधरी आइतबार साँझ भारतीय सीमावर्ती बजार बैरगनियाबाट मोटरसाइकलमा गौरतर्फ आउँदै थिए। महादेवपट्टीमा रहेको अस्थायी प्रहरी पोस्टको गस्ती टोलीले नियमित चेकजाँचका क्रममा उनलाई रोकेको थियो।
चौधरीसँग भएको नाइलनको झोलामा ५ सय दरको नोट गरि जम्मा ५ लाख रुपैयाँ भेटिएपछि थप अनुसन्धानका लागि उनलाई
हिरासतमा लिइएको हो।प्रहरीले चौधरीसँग उक्त रकमको स्रोत र उद्देश्यका बारेमा सोधपुछ गर्दा सन्तोषजनक जवाफ दिन नसकेको जनाइएको छ। स्रोत नखुलेको रकम, त्यो पनि सीमावर्ती क्षेत्रबाट नेपाल भित्रिएको हुनाले यस घटनालाई गम्भीर रुपमा लिइएको छ । चाडपर्वको बेला रौतहट क्षेत्रमा नकली नोटको बिगबिगी बढेकोले सर्वसाधारणलाई सजग रहन प्रहरीले आग्रह गरेको छ ।
प्रहरीले नकली नोटको कारोबारलाई रोक्न विशेष गस्ती र चेकजाँच अभियान सञ्चालन पनि गरिरहेको छ ।यस घटनाले चाडपर्वका बेला सीमावर्ती क्षेत्रमा गैरकानूनी आर्थिक गतिविधि बढ्ने गरेको पुष्टि गरेको प्रहरीको ठहर छ । अहिले प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र चौधरीलाई कानूनी कारबाही अघि बढाउने तयारीमा रहनुका साथै चाडपर्वको अवसरमा रौतहट र आसपासका क्षेत्रमा नक्कली नोटको कारोबार र बिगबिगी बढेको सूचनाका आधारमा प्रहरीले सर्तकता बढाएको छ ।।
यसै कारणले गर्दा सीमावर्ती क्षेत्रमा प्रवेश गर्ने र निस्कने सवारीसाधनमा कडा चेकजाँच गरिएको छ। प्रहरीले हालैका दिनमा रौतहटमा चाडपर्वको मौका पारेर नकली नोटको प्रचलन र आर्थिक अपराधमा वृद्धि भएको पाएको छ। सर्वसाधारणलाई नकली नोटबाट सचेत रहन आग्रह गर्दै प्रहरीले कुनै पनि शंकास्पद गतिविधि देखेमा तुरुन्तै प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ। पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अगाडि बढाइएको छ ।