रमेश कुमार यादब
कार्तिक १२, रौतहट
अमन हेल्थ केयर हस्टिल प्रा.लिद्धारा आयोजना गरिएको सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत देवीपुरमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सप्पन्न गरेको छ । रौतहट जिल्लाको गुजरा नगरपालिकाको वार्ड नं.८ देवीपुरटोल स्थितमा भएको उक्त स्वास्थ्य जाच बिशेषगरि हाडजोर्नी नसा तथा बाथ रोगका बारेमा निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा स्थानीय तथा वरपरका क्षेत्रका करिब ३१५ जना बिरामीले सहभागीता जनाएका थिए । उनीहरूको निशुल्क स्वास्थ्य परीक्षण मात्र नभई आवश्यक परामर्श पनि प्रदान गरिएको थियो । साथै, बिरामीहरूको उपचारका लागि आवश्यक पर्ने औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।
यो स्वास्थ्य शिविरले स्थानीय समुदायमा स्वास्थ्य सेवा पाउने अवसर सहज बनाएको थियो । उक्त शिविर अमन हेल्थ केयर हस्पिटलका संचालक खालिद अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने गुजरा नगरपालिका–८ का नगर अध्यक्ष मो. असदुल्लाह साहबको संयोजकत्वमा भएको यो शिविरमा स्थानीय जनसमुदाय, समाजसेवी तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।
सोहि कार्यक्रमको सम्बोधन गर्दै नगर अध्यक्ष मो.असदुुल्लाह साहबले यस शिविरबाट यस क्षेत्र जनताले विशेषज्ञ सेवा पाएकोमा खुसी ब्यक्त गर्दै यस छेत्रमा उच्च स्तरको स्वास्थ्य सुबिधा नभएकोमा यस्ता शिविरबाट पनि सयौंले लाभ लिईएको बताउदै कार्यक्रमलाई शुभकामना ब्यक्त गर्नु भएको थियो ।शिविरमा बिरामीहरूलाई आवश्यक स्वास्थ्य परामर्श दिने कार्यमा दक्ष चिकित्सकहरूको टोली खटिएको थियो जसले बिरामीहरूको समस्यालाई नजिकबाट बुझ्दै स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
साथै वहाँले भने क्षेत्रका जनताले विशेषज्ञ सेवा लिन चन्द्रपुर, गौर, बिरगंज जानुपर्दा दुःख भएको बताउदै विशेषज्ञ डाक्टरहरुले ग्रामीण छेत्रमा समेत आइ आफ्नो सेवा दिएको बताउदै आफु अत्यतै खुसि भएको बताएका थिए । त्यस्तै कार्यक्रममा क्लिनिकका तर्फबाट धन्यवाद मन्तव्य राख्दै क्लिनिक संचालक खालिद अंसारीले राख्दै हाम्रो समाजमा बिभिन्न किसिमका मानिसहरुको बसोबास छन ।
त्यस मध्ये कोहि धनि छ भने कोहि गरिब छन भने कोहि हुनेखाने छ । त्यस मध्ये सबैको ठिक ठाक हुँदा गरिब मानिसको दैनिकी चलान पनि समस्या हुने गरेको छ र उनी महंगो हस्पिटलमा उपचार गराउन सक्दैन त्यस्ता मानिसहरुको लागी यो शिविर
रामवान साबित हुने भएको बताउनु भएको थियो ।
यस शिविरले करिब १० बर्ष देखि करिब ८५ बर्षसम्मका बृद्धबृद्धाहरुलाई उपचार गरिएको थियो । यस शिविरले बिभिन्न प्रकारका
रोगहरुको चेकजाँच गर्नुका साथै उनीहरुलाई उचित परामर्श दिनुको साथै आवश्यकता अनुसार औषधी बितरण समेत गर्नु भएको बताउनु भयो । यस शिविरमा उपचार तथा चेकजाँच गराउनु भएका बिरामिहरुलाई करिब एक हप्ता ५० प्रतिशतको छुटमा सम्पुर्ण ईलाज गर्ने बताउनु भएका थिए ।
अन्तयमा वहाँले भने खास गरेर स्वास्थ्य शिविरको आयोजना गर्नुको उद्देश्य ग्रामीण क्षेत्रका जनताहरूलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउनु थियो। यो स्वास्थ्य शिविरले स्थानिय समुदायलाई स्वास्थ्यको महत्त्वका साथै प्रारम्भिक स्वास्थ्य परीक्षणको फाइदाबारे जानकारी पनि दिएको थियो ।