कांग्रेसद्वारा महामन्त्री शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक १४, बुधबार (१ साल अघि)
  • ३ पटक पढिएको
कांग्रेसद्वारा महामन्त्री शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन

वर्तमानकाल सम्वाददाता
कार्तिक १४ गते

सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन( २०८१ केन्द्रीय संयोजन समिति गठन गरेको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा सभापति शेरबहादुर देउवाले समिति गठन गरेको जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ संशोधन सहित० बमोजिम पार्टीका महामन्त्री श्री विश्वप्रकाश शर्माको संयोजकत्वमा देहाय बमोजिम सदस्यहरू रहनुभएको “स्थानीय तह उपनिर्वाचन—२०८१ केन्द्रीय संयोजन समिति” गठन गर्नुभएको विज्ञप्तिमा लेखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस