रमेश कुमार यादब
कार्तिक १४, रौतहट
रौतहट जिल्लाको गढिमाई नगरपालिकाको वार्ड नं.२, समनपुरमा बुधबार अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हिन्दू धर्मावलम्बीहरूको महान चाड तिहार र छठ पर्वको अवसरमा गढिमाई ईङ्गलिश बोर्डिङ स्कुलको आयोजनामा समनपुर क्षेत्रमा अध्ययनरत बालबालिकाहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको थियो ।
प्रतियोगितामा गढिमाई ईङ्गलिश स्कुल, ग्यालेक्सी पब्लिक स्कुल, न्यु लिटल स्टार ईङ्गलिश स्कुल, रेडियन्ट ईन्टरनेशनल स्कुल, न्यु काशमी आवशिय बिधालय र गौतम गोबिन्द ईङ्गलिश स्कुल गरि ६ वटा विद्यालयहरू सहभागी भएका थिए । उक्त हाजिरी जवाफ प्रतियोगितामा ६ वटा विद्यालयले भाग लिएका थिए भने, प्रति विद्यालयबाट चार–चार वटा गरी जम्मा ६ वटा टीमका २४ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगितामा ग्यालेक्सी पब्लिक स्कुलको टीम प्रथम भएको थियो भने, गढिमाई ईङ्गलिश बोडिङ्ग टीम द्धितिय भएको थियो । त्यसैगरी रेडियन्ट ईन्टरनेशनल स्कुल समनपुरका टीम तृतिय भएको थियो । हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने प्रतियोगि टीमलाई आयोजक संस्थाले विभिन्न व्यक्ति मार्फत कापी, कलम, विभिन्न पुस्तकहरु र ट्रफि सहितको पुरस्कार सहित प्रमाण–पत्र वितरण गर्नु भएको कुरा ग्यालेक्सि स्कुलका लेखापाल रितेश कुमार साहले जानकारी दिनु भयो ।
लेखापाल साहका अनुसार प्रतियोगितामा भाग लिएका सम्पूर्ण बालबालिकाहरुलाई हौसला प्रदान गर्न कापी र कलम वितरण गरिएको थियो । त्यसतृ प्रमुख अतिथिको रूपमा गढिमाई नगरपालिकाका स्थानीय समाजसेवी प्रमोद यादवले कार्यक्रमको उद्घाटन गर्दै बालबालिकाहरूको बौद्धिक विकासमा यस्ता गतिविधिहरूको महत्वबारे प्रकाश पार्नु भएको थियो ।
उहाँले यस्ता प्रतिस्पर्धात्मक कार्यक्रमहरूले बालबालिकाहरूको सोच्ने शक्ति, आत्मविश्वास र सामूहिक भावना विकासमा सहयोग पु¥याउने धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा शिक्षक, अभिभावक, तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गरियो।
साथै, कार्यक्रमका अन्त्यमा गढिमाई ईङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपलले सहभागी विद्यार्थीहरूलाई शुभकामना दिँदै आगामी दिनमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो। यो हाजिरी जवाफ प्रतियोगिता विद्यार्थीहरूका लागि ज्ञान र सीपको आदान–प्रदानको उत्कृष्ट मञ्च भएको सहभागीहरूले बताए।