प्रतिबन्धित लागुऔषधसहित दुई युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक १५, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

रौतहट,१५ कार्तिक। जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषध गाँजासहित २ जना युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ टोलीले प्रतिबन्धित लागुऔषध बरामद गरेको हो ।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना.६ ख ७२२७ नम्बरको सार्बजनिक बसलाई रोकी चेकजाँच गर्ने क्रममा ब्यागमा लुकाइछिपाइ राखिएको लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

उनकाअनुसार बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलकुवा बस्ने २० वर्षीय ओमबाबु कुशवाहाको साथबाट नुरफिन, डाइजेपाम र फेनारगन गरी १४ सय ८१ एम्पुल बरामद गरिएको छ ।

यस्तै सोही ठाउँका २० वर्षीय शैलेश यादवको साथबाट नुरफिन, फेनारगन र डाइजेपाम गरी १५ सय १५ एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए । दुवैजनालाई नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप करी लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको भारतीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस