रौतहट,१५ कार्तिक। रौतहटको अधिकांश बजारमा अहिले तस्करी गरेर ल्याईएको पटाकाको छ्यापछ्यापी छ। सरकारले पटाका आयतलाई पूर्ण प्रतिबन्ध लगाए पनि रोकिएको छैन। तिहार र छठलगायत पर्वलाई लक्षित गरी तस्करहरुबाट ठूलो परिमाणमा अवैध रूपमा प्रसस्त पटाका भित्रिरहेको छ।
सरकारले पटाका आयतलाई पूर्ण प्रतिबन्ध लगाए पनि रौतहटको गौर,गरुडा,कटहरीया,समनपुर,चपुर लगाएतका बजारमा ठूलो मात्रामा खुल्ला रुपमा पटाका बिक्री बितरण भईरहेको पाईएको छ । गरुडा बजारमा खुल्याम रुपमा पटाका बिक्रि बितरण भईरहदा समेत ईलाका प्रहरी कार्यालय गरुडा मौन भएर बसेको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरिक्षक राजन कार्कीको मिलोमतोमै गरूडा बजारमा भारी मात्रामा भारत बाट तस्करी गरेर ल्याईएको पटाका भित्रीएको छ । गरुडा, कटहरीया बजारमा खुल्याम रुपमा पटाका बिक्रि बितरण भईरहदा समेत प्रहरीले केही चासो न लिए पछि प्रहरीकै मिलोमतोमा पटाका बिक्रि बिररण भईरहेको प्रष्ट भएको छ ।
– पटाका बिक्री वितरण गरेको पाइए ३ वर्षसम्म कैद
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ। उक्त व्यवस्थामा भनिएको छ, ‘कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका शर्त र बन्देज विपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन।’
सामान्य विष्फोटक पदार्थ भन्नाले डिटोनेटर, ब्लाष्टिक क्याप, विद्युतीय ब्लाष्टिक क्याप, फ्युज, आतिसवाजी,पटाका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनुपर्छ भनी स्पष्टीकरणमा उल्लेख छ।
उपदफा २ को (क) मा कडा विष्फोटक पदार्थ भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।(ख)मा नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र (ग) सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद तीस हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।
गृह मन्त्रालयले : नियन्त्रण र कारबाही गर्न सर्कुलर जारी गरिएको छ।
गृहमन्त्रालयले तिहारका वेला पटाका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने कार्य रोक्न ७७ वटै जिल्लालाई सर्कुलर जारी गरि सकिएको जनाएको छ। सूचनाको अपहेलना गर्दै ईलाका प्रहरी कार्यालय गरुडाले बजारमा पटाका बिक्री भईरहेको थाह पाएर पनि थाह नपाएको जसो गरिरहेको छ।
तर प्रहरी संगठनकै मिलोमतोमा पटाका नेपाल भित्रीनु र खुल्ला रुपमा बिक्री गर्नु कानुन बिपरित रहे पनि यश तर्फ अहिले सम्म उच्च अधिकारीको ध्यान जान सकेको छैन। बजारमा खुलेयाम रुपमा पटाका विक्रि गर्न ईलाका प्रहरी कार्यालय गरुडालाई दिपावलि खर्च दिईएको एक जनाले नाम न बताउने सर्तमा जानकारी दिएका छ्न ।
प्रहरीकै मिलोमतोमा रौतहटको अधिकांश बजारमा अबैध रुपमा पटाका भित्रीएको र अहिले तिहार र छठ पर्वलाई लक्षित गरेर बिक्री बितरण भईरहेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले समेत पटाका बिक्री भैइरहेको थाह पाए पनि पटाका बिक्री गर्नेलाई कार्वाही गर्न सकेको छैन।