रौतहट,१६ कार्तिक। रौतहटको कटहरियामा आज देखि शुरु भएको सिजन २ को मेयर कप टि–२० नक आउट टुर्नामेनटलाई कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले उदघाटन गरेका छन ।
उदघाटन गर्दै मेयर जयसवालले खेलको माध्यमले हाम्रा देशका खेलाडीहरु अन्तराट्रि««य स्तरमा नेपाललाई नाम चिनाउन सफल भएको भन्दै खेलाडीहरुलाई स्थानिय सरकार र जनप्रतिनिधीहरुले त्यसमा लगानी गर्नु पर्ने आवश्यक्ता देखिएको बताउनु भयो ।

नगर प्रमुख जयसवालले क्रिकेट खेल मनोरंजनको लागि मात्र नभई स्वास्थ्यको लागि पनि फलदाईका रहेको समेत बताएका छन । उदघाटन कार्यक्रममा गरुडा नगरपालिकाका मेयर प्रत्याशी दिपक यादव, श्री जनता मा.बि कटहरियाा प्रध्यानध्यापक सचिन्द्र प्रसाद कुशवाहा, कार्यापालिका सदस्य मनोज जयसवाल, वडा सदस्य, लगाएत बिभिन्न जनप्रतिनिधी र खेलप्रेमी स्थानियहरुको बिषेश उपस्थित रहेको थियो ।

कटहरिया नगरपालिकाको आयोजनामा २०८० साल देखि मेयर कप टि–२० नक आउट टुर्नामेनट खेल हुँदै आएको छ । मेयर जयसवालले खेलाडीको माग र खेलाडीको हौस्ला बढाउनका लागी मेयर कप टि–२० नक आउट टुर्नामेनट खेलको आयोजना गरिएको उदघाटन गर्दै बताए । उक्त खेलमा प्रथम हुने टिमलाई ५५ हजार सिल्ड मेडम, र दोस्रो हुने टिमलाई ३१ हजार सहित सिल्ड मेडल पुरुषकार पाउने छ्न ।
उदघाटन पश्चात भएको को पहिलो खेलमा बाराको सिमरौनगढ़ र गरुडा खेलेका थिए । गरुडा र सिमरौनगढ़ बिच भएको खेलमा गरुडाले ८ बिकेटले जित हात पारेका छन । भोली शनिबार गौर र कटहरिया भिडने छ भने १८ गते यु. सि.सि.कल्ब बिरगंज पर्सा र जनकपुर पेस फाउन्डेसन जनकपुर बिच खेल हुने छ । त्यस्तै १९ गते चपुर रौतहट बनाम मकवानपुर हेटौंडा बिच खेल हुने छ । २० गते सेमिफाईनल १ र २४ गते सेमिफाईनल २ र २६ गते फाईनल खेल हुनेवाला छ ।


