रमेश कुमार यादब
कार्तिक १७, रौतहट
रौतहटको गरुडा नगरपालिका वडा नं. ५ महम्मदपुरका वडाअध्यक्ष रामबिनोद साहले यस पटक छठ पर्वका अवसरमा अद्वितीय उदाहरण प्रस्तुत गरेका छन् । उनले आफ्नो वडाभरका छठ ब्रतालु महिलाहरुलाई विशेष सहयोग गर्दै पर्वलाई थप भव्य र व्यवस्थित बनाउन सहयोग पुर्याएका छन् । छन् । वडाअध्यक्ष साहले आफ्नो कार्यकालमा स्थानीय धार्मिक तथा सांस्कृतिक पर्वहरूको प्रवर्द्धन र संरक्षणलाई प्राथमिकतामा राख्दै यो कदम चालेका हुन् ।
कार्यक्रममा आफूले मात्र नभई नगरका अन्य व्यक्तिहरूसँग समन्वय गरेर ब्रतालु महिलाहरूसम्म सामग्री पुर्याएको बताए । वडाअध्यक्ष रामबिनोद साहले महम्मदपुरमा छठ पर्वको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा करिब १ सय ४५ जना छठ ब्रतालु महिलाहरुलाई पूजामा आवश्यक पर्ने दउरा र सुपली (पूजा सामग्री राख्ने परम्परागत थाल) वितरण गर्नु भएका थिए ।कार्यक्रममा उपस्थिति हुन नसकेका वडाभरका छठ ब्रतालुहरुको घर–घरमा समेत स्वयं वडाअध्यक्ष साह आफैँ वडासदस्य र गाउँका सम्मानित व्यक्तिहरुसँग पुग्नु भएका थिए ।
उनले करिब ८०० जना छठ ब्रतालु महिलाहरुलाई घरमै पुगेर दउरा र सुपली वितरण गर्दै छठ पर्वलाई उल्लासमय बनाउन महत्वपूर्ण योगदान दिएका छन् ।कार्यक्रमको प्रमुख अतिथि गरुडा नगरपालिकाका मेयर पदका प्रत्याशी बिपिन जैसवाल थिए भने कार्यक्रमको अध्यक्षता समाजसेवी जादोलाल राय यादवले गरेका थिए । कार्यक्रममा बोल्दै वडाअध्यक्ष साहले छठ पर्वले धार्मिक र सांस्कृतिक महत्त्व राख्ने भएकाले यो पर्वमा वडाका सबैजनाको सहभागिता र समर्थन आवश्यक रहेको बताए ।
उनले छठ ब्रतालु महिलाहरुलाई प्रदान गरिएको यो सहयोगले पर्वको महत्व झल्काउने र उनीहरुका लागि थप सहजता हुने विश्वास व्यक्त गरेका थिए । वडाअध्यक्ष साहले त्यति मात्र नभएर हामिले बासको समाग्री जस्तै दउरा, सुपली बनाउन गाउँकै डोमलाई दिएर वहाँको पनि आर्थिक स्थिती सुधार्नमा सहयोग मिल्ने र एक रोजगारीको अवसर मिल्ने बताउनु भएको थिए । त्यस सराहनिय कार्यले गाउँका मानिसहरु समेत वडाअध्यक्ष साहको सराहनिय कार्यले हर्षित भएका छन र वडाअध्यक्षलाई धन्यबाद ज्ञापन गरेका छन ।
त्यसतै सोहि कार्यक्रमको सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि मेयर प्रत्याशी बिपिन जैसवालले पनि वडाअध्यक्ष साहको यस योगदानको प्रशंसा गर्दै जनताको आवश्यकतालाई ध्यानमा राखेर उनीहरुले गरेको यो काम उदाहरणीय भएको बताएका थिए । स्थानीयहरुले पनि वडाअध्यक्ष साहको यो कदमको सराहना गर्दै यो सहयोगले उनीहरुमा थप उत्साह बढाएको प्रतिक्रिया दिएका छन् । गरिब अति बिपन मानिसहरुलाई केहि राहत मिल्ने भने आशा ब्यक्त गरेका थिए ।
साथै यतिले मात्र काम नहुने भन्दै वाडमा गरिब परिवारका बालबालिकाहरुलाई पढाउनमा पनि सहयोग गर्न वडाअध्यक्षलाई आग्रह गर्नु भएका थिए । छठ पर्वमा दउरा र सुपली वितरण गर्ने कार्यले वडाभरका महिलाहरुमा खुसी ल्याएको छ । स्थानीय समाजसेवी, बुद्धिजीवी र वडाबासीहरुले पनि वडाअध्यक्ष साहले देखाएको नेतृत्वदायी भूमिकाको सराहना गरेका छन्। साथै वडाअध्यक्ष साहले आगामी दिनमा पनि यस्ता सांस्कृतिक गतिविधिहरूलाई प्राथमिकतामा राख्दै छठ ब्रतालु महिलाहरूलाई यसरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।