रमेश कुमार यादब
कार्तिक १७, रौतहट
रौतहटको गरुडा नगरपालिका वडा नं. ५ महम्मदपुरमा “लागु औषध अपराध र समाजिक आर्थिक अभिशाप हो, लागु औषध त्यागौं, स्वास्थ्य र सुखि जिवन अपनाऔं” भन्ने मूल नाराका साथ एक जनचेतनामूलक अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । समाजिक अभियन्ता सैलेन्द्र प्रसाद यादवको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गरुडा नगरपालिकाको मेयर प्रत्याशी बृजकिशोर यादव रहनु भएका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बृजकिशोर यादवले समाजमा फैलिएको नकारात्मक सोच र लागुपदार्थको दुरुपयोगलाई घटाउन यस्ता चेतनामूलक कार्यक्रमहरू महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
उनले यस्ता कार्यक्रमहरूले युवाहरूलाई सही मार्गदर्शन गर्न सहयोग पुर्याउने र समाजमा सकारात्मक परिवर्तन ल्याउनेमा जोड दिएका थिए ।कार्यक्रमको अध्यक्षता गरेका सैलेन्द्र प्रसाद यादवले लागु औषधको कुलतमा फसेका युवाहरूलाई उद्धार गर्न यस्ता कार्यक्रमले विशेष सहयोग पुग्ने बताएका थिए । उनले लागुपदार्थको कारण बिग्रँदै गएको समाजलाई सुधार्न सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए ।
साथै, उनले लागुपदार्थले मात्र होइन, यो कुलतले युवायुवतीहरूको शारीरिक, मानसिक र आर्थिक जीवनमा गम्भीर असर पारेको भन्दै समाजको सम्पूर्ण विकासका लागि यस्तो दुर्व्यसनलाई अन्त्य गर्न सबैको साथ आवश्यक रहेको बताएका थिए ।त्यसतै कार्यक्रमको संन्चालन गर्दै ममता यादबले लागुऔषधबाट हुने हानिकारकहरुको बारेमा प्रकाश पारेका थिए ।
यस सेवनबाट फसेका मानिसहरुलाई कति धारा र कति बर्ष कैद सजाय हुने हो भने बिस्तृत जानकारी गराएका थिए । वहाँले भने हाम्रो समाजमा यो एउटा लागु औषध ठुलो रोग जस्तो बढदै गईरहेको बताउनु भएको थियो । यस कुलतमा युवायुवती फस्नुको कारण मुख्य दोषि अभिवाक समेत रहनु भएका छ भनेमा जोड दिएका थिए । अभिवाकहरुलाई मेरो बालबच्चा कहाँ गईरहेको छ, कुन काम गरिरहेको छ, घरबाट कहिले निस्किएको हो र कुन बेला घर फक्रिरहेको छ, के गर्दै छ भने यसमा निगरानी नबढाउदा युवायुवतीहरु फस्दै गईरहेको मुख्य कारण रहेको बताउनु भएको थियो ।
यस्ता कार्यलाई निरुत्साहित गर्न अभिभावक बर्गहरुको मुख्य भुमिका रहेको बताउनु भएको थियो ।कार्यक्रमका अन्य वक्ताहरूले पनि लागुपदार्थ दुर्व्यसनले परिवार र समाजमा पारेको असरबारे चर्चा गर्दै यसलाई न्यून गर्न सामुदायिक स्तरमा विभिन्न सचेतना कार्यक्रमहरू आवश्यक रहेको सुझाव दिएका थिए । उनीहरूले युवा वर्गलाई स्वस्थ र सुखी जीवन बिताउन प्रेरित गर्ने यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
यस अवसरमा उपस्थित स्थानीय जनप्रतिनिधिहरू, युवा, विद्यार्थी, अभिभावक तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूले कार्यक्रमबाट लाभान्वित हुने अपेक्षा गरेका थिए। वक्ताहरुले समुदायका युवायुवतीलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्न यस्ता कार्यक्रमहरुको आवश्यकता रहेकोमा जोड दिए। कार्यक्रममा सोहि वार्डको वडाअध्यक्ष रामबिनोद साह, राजनेतिककर्मि, सुरक्षाकर्मि, गाउँका बृद्धजिवीहरुको सहभागिता रहेको थियो ।