प्रधानमन्त्री ओलीले दिए तिहारको शुभकामना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक १८, आईतबार (१ साल अघि)
  • ४ पटक पढिएको
प्रधानमन्त्री ओलीले दिए तिहारको शुभकामना

वर्तमानकाल सम्वाददाता
कार्तिक १८ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् । उनले तिहारले सबै नेपालीमा उमंग ल्याउन शुभकामना पनि दिएका छन् ।

प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गर्दै भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने विश्वास पनि लिएका छन् ।

यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका, समस्त दिदीबहिनी तथा दाजुभाइको जीवनमा उज्यालो छाओस्’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना ।’

ताजा अपडेट

खोजी गर्नुहोस