धरानमा ९ लाख रुपैयाँसहित जुवाको खालबाट १५ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक १८, आईतबार (१ साल अघि)
  • ३ पटक पढिएको
धरानमा ९ लाख रुपैयाँसहित जुवाको खालबाट १५ जना पक्राउ

वर्तमानकाल सम्वाददाता
कार्तिक १८ गते ।

धरानको बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरबाट ९ लाख रुपैयाँसहित १५ जना पक्राउ परेका छन् । जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ । अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ ।

निजहरूबाट केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७ को बर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस