रमेश कुमार यादब
कार्तिक १८, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं. ४, गरुडामा अवस्थित ॐ शान्ति ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रले भाईटिकाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल प्रमुख अतिथिका रुपमा रहनु भएका थिए भने अध्यक्षता ब्रह्माकुमारी हरदिप दिदीले गर्नु भएको थियो ।
भाईटिका कार्यक्रममा ब्रह्मा कुमारी हरदिप दिदीले नगर प्रमुख जैसवाल लगायत उपस्थित सबैलाई सप्तरङ्गी टीका र माला लगाई दिदीबहिनीको सम्बन्ध सुदृढ र आत्मीयता बढाउन शुभकामना सन्देश आदानप्रदान गरेका थिईन् । उनले सबैको जीवनमा शान्ति, समृद्धि र सुख समावेश होस् भन्ने कामनासहित भाईटिका लगाइदिएकी थिइन् । यो पर्व विशेष गरी तिहारको पाँचौं दिन मनाउने गरिन्छ र यसले दाजुभाइ र दिदीबहिनीको माया र स्नेहलाई झल्काउँछ ।
भाइटीकाको महत्त्व र यस पर्वले आपसी भाइचाराको भावना बढाउने सन्देशलाई उजागर गर्न केन्द्रित रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख जैसवालले समाजमा शान्ति, एकता र सहयोगको भावना फैलाउन ॐ शान्ति राजयोग उपसेवा केन्द्रले पु¥याएको योगदानको प्रशंसा गर्दै यो केन्द्रको दुई तले भवनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले भने, “समाजसेवामा योगदान पु¥याउने यस केन्द्रलाई थप सबल बनाउन नगरपालिकाले सधैं साथ दिनेछ ।“
साथै कार्यक्रमको बिशेषताको झल्काउदै भने पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।
यमराज रहँदा बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग“ भन्दा यमुनाले
’हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी(भाइ दाजु(बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन् ।
यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्न रूपले यो पर्व मनाउँदै आईरहेको परम्परा रहेको छ ।
सो कार्यक्रममा स्थानीय प्रतिनिधिहरू, समाजसेवी, ब्रह्माकुमारी संस्था सदस्यहरू तथा अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरू सहभागी थिए। उपस्थित सहभागीहरूले पनि यस कार्यक्रममा सहभागी हुँदै एकआपसमा भाईटिका लगाएर आपसी सम्बन्धलाई अझ सुदृढ बनाए । ब्रह्माकुमारी हरदिप दिदीले कार्यक्रमको समापनमा सबै सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै राजयोग र आत्मिक शक्तिको महत्वबारे संक्षिप्त व्याख्या दिएकी थिइन् ।