रौशन कुमार चौधरी
कार्तिक २० ,रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नं. ६ फतेपुरका एक मुस्लिम युवक शेख प्रबेज आलमले हिन्दु समुदायको प्रमुख चाड छठको अवसरमा गरिब र विपन्न परिवारहरूलाई आर्थिक सहयोग गरेर समाजमा एगटा उदाहरण प्रस्तुत गरेका छन् । हिन्दु–मुस्लिम भाइचारा र सहिष्णुताको प्रतीक बनेका प्रबेजले ७० विपन्न परिवारलाई आफ्नै खर्चमा २५ किलो चामलको बोरा वितरण गरेका हुन् ।
यो कार्य गरेर प्रबेज आलमले एकता, प्रेम र सहयोगको सन्देश फैलाएका छन् । शेख परवेजको यो कार्यले केवल गरिब परिवारलाई राहत पु¥याएको मात्र होइन, समाजमा जातीय सद्भाव र एकताको सन्देश समेत दिएको छ।समाजमा धर्म, जात वा सम्प्रदाय भन्दा पनि मानवता र सेवा भावलाई उच्च प्राथमिकता दिनुपर्ने सन्देश उनको यस कार्यले पनि दिएको छ । हाम्रो समाज भन्ने गरिन्छ कि मानिस ठुलो दिलले हुन्छ जातले हुदैंन, हो यो भनाईलाई आज उनले साबित गरेर देखाएका छन । स्थानीय जनप्रतिनिधिहरूले गर्नुपर्ने यस्तो महत्वपूर्ण कार्यमा आलम अगाडि बढेकोमा सबैले उनको प्रशंसा गरिरहेका छन छन् ।
आलमले आफ्नो व्यक्तिगत पहलमा गरिब परिवारलाई सहयोग पु¥याएर एउटा आदर्श उदाहरण प्रस्तुत पनि गरेका छन् । यस कार्यको स्थानीय समुदायमा निकै प्रशंसा भइरहेको छ, र मानिसहरूले शेख परवेजलाई एक सच्चा मानवता प्रेमीको रूपमा सम्मान गरिरहेका छन् ।छठ पर्वको यस पुण्य अवसरमा चामल वितरण कार्यक्रममा बोल्दै स्थानीय शिक्षक पवन कुमार चौधरीले भने, “जातिपाती वा धर्मले फरक पर्दैन, मनमा सहयोग गर्ने इच्छा र भावना हुनुपर्छ ।
प्रबेज आलमजस्तो व्यक्तित्व समाजका लागि प्रेरणादायी बनेका हुन् ।” उनले यो पनि थपे कि, “आज छठको लागि चामल प्राप्त गर्दा यहाँका गरिब परिवारहरूले प्रबेजलाई भगवानको रूपमा मानेका छन् । यसले हिन्दु–मुस्लिम भाइचारा बलियो भएको छ र समाजमा मानवताको महत्त्वलाई पुनः स्मरण गराएको छ । “समाजमा जातीय विभाजनलाई पन्छाएर हामी सबै एकअर्काप्रति सहयोग र सद्भाव देखाउनुपर्छ । शेख परवेजजस्ता व्यक्तिहरूले गरेको योगदानले समाजलाई नै सकारात्मक सन्देश दिएको छ ।
“यस कार्यक्रमपछि धेरै स्थानीयले प्रबेज आलमको यो उदारता र सहयोग भावनाको खुलेर प्रशंसा गरेका छन् । उनले यसअघि पनि विभिन्न समयमा गरिब, असहाय र विपन्न व्यक्तिहरूलाई खाद्य सामग्री र अन्य राहत उपलब्ध गराउँदै आएका थिए ।कटहरिया नगरपालिकामा प्रबेज आलमको यस कदमले धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।
स्थानीय जनप्रतिनिधिहरूले उनको यस कार्यलाई प्रेरणादायी उदाहरणको रूपमा लिँदै यस्ता काममा सबैले हातेमालो गर्नुपर्ने विचार व्यक्त गरेका छन् । समाजमा परोपकार र सहिष्णुता जस्ता मानवीय गुणको महत्व बढाउँदै गरेको प्रबेजको यो योगदानले सम्पूर्ण जिल्लामा सकारात्मक सन्देश फैलाएको छ। उक्त कार्यक्रममा नरेन्द्र यादब, संजय यादब, बैधनाथ पासवान लगायत सयकडौ भद्रभलादमि मानिसहरुको सहभागिता रहेको थियो ।