रमेश कुमार यादब
कार्तिक २५, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकामा आयोजित विशाल जनजागरण सभा विशेष कार्यक्रमका रुपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका केन्द्रिय संयोजक दुर्गा प्रसाई हुनुहुन्थ्यो।
उनले कार्यक्रमको सम्बोधन गर्दै, वर्तमान राज्य संरचना र नेतृत्वले जनताको वास्तविक समस्याहरु प्रति गम्भीरता नदिएकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो ।
“हामी गरिब र निमुखा जनताको पक्षमा लडिरहेका छौं। अहिलेको अवस्थामा जनताको दुःख र पीडा बुझ्ने कोही छैन ।दुर्गा प्रसाईले विशेषतः बैंक, सहकारी, लघुवित्त संस्था तथा निजी ऋणदाताहरुसँग जोडिएको मीटरब्याजको समस्याले निमुखा तथा गरिब जनतालाई झनै संकटमा पुर्याएको कुरा व्यक्त गरे ।
उनले भने, “हाम्रा गाउँघरका जनताहरु यी ऋणका जालोमा फसेका छन्, तर राज्यले यसमा कुनै गहिरो ध्यान दिएको देखिँदैन ।“
उनले थपे, “वर्तमान नेताहरु प्रधानमन्त्री केपि शर्मा ओली र सहकारी ठगी प्रकरणमा फसेका रवि लामिछानेलाई ईकिंत गर्दै भने जनताका हकहितभन्दा पनि आफू कसरी धनी हुने र अंकुत सम्पती कमाउने सोचमा छन्, तथा आम जनता गरिव हुँदै गएकोले संघीयता एवं लोकतन्त्रलाई फालेर जनता मालिक हुने व्यवस्था ल्याउनुपर्ने प्रसाईले बताएका थिए ।
तर हामी सधैं गरिब तथा निमुखा जनताको पक्षमा उभिनेछौं ।“ वहाँले भने लोकतन्त्र एवं गणतन्त्र रहेसम्म नेताहरु धनी हुँदै जाने र देश कंगाल हुँदै जाने भएकोले अहिलेको वर्तमान व्यवस्थालाई नै फाल्नुपर्ने बताएका थिए । कुने बेला देशले अरुलाई सहयोग गर्ने गथ्र्यो तर अहिले हरेक नेपाली नागरिकको टाउकोमा ८० हजार रुपैयाँ वैदेशिक ऋण छ, जसले जनतालाई आर्थिक चपेटामा पारेको छ ।
देश नेता र उनका बिचौलीहरुको कारण संकटको भुमरीमा पर्दै गईरहेको बताएका थिए । प्रसाईले आफ्नो अभियानमार्फत बैंक तथा सहकारीसँग सम्बन्धित समस्याहरुको स्थायी समाधान खोज्नमा प्रतिबद्धता व्यक्त गरेका थिए । विशेषतः उनले २० लाख भन्दा मुनिका ऋणहरू मिनाहा गराउने प्रतिबद्धता जनाए, जसले गरीबीमा पिल्सिएका जनतालाई आर्थिक राहत मिल्न सक्छ ।
उनले हजारौं जनताको अगाडि भने, “यो अभियान हामीले शुरु गरेका छौं, र यसले जनताको आवाजलाई माथि उठाउनेछ ।” त्यति मात्र नभएर बैंक, सहकारी, लघुवित्त संस्था वा मीटर व्याजबाट पीडित गरिव, विपन्न, असाहाय एवं सर्वहारा वर्गलाई ऋण र ब्याजबाट मुक्ति दिलाएरै छाड्ने समेत उनले दाबी गरे । बैंक, सहकारी, वित्तीय संस्था र मीटर ब्याजबाट पीडित जनताले न्याय नपाएसम्म आफ्नो आन्दोलन जारी नै रहने उनले बताए।कार्यक्रममा विभिन्न जिल्लाबाट आएका हजारौं सर्वसाधारण, किसान, महिला, युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा प्रसाईले जनताको हितका लागि संघर्षरत रहने अठोट व्यक्त गरेका थिए ।दुर्गा प्रसाईका अनुसार यो महाअभियानले गरिबी र आर्थिक शोषणको अन्त्य गर्दै राज्यका जिम्मेवारीप्रति सचेत गराउने लक्ष्य राखेको छ । “हाम्रो अभियान जनताको आर्थिक संकटलाई समाधान गर्ने दिशामा केन्द्रीत हुनेछ, जसले जनतालाई आर्थिक स्वतन्त्रताको अनुभूति गराउनेछ,“ प्रसाईले भने ।
सोही अवसरमा अन्य विभिन्न वक्ताहरुले पनि जनताको हकहित र अधिकारको लागि एकजुट भएर लड्नुपर्ने आवश्यकता औंल्याए थिए । कार्यक्रममा प्रमुख वक्ताहरुले बैंक तथा सहकारी संस्थाहरुको चर्को ब्याज दर, लघुवित्त संस्थाहरुको अन्यायपूर्ण कार्यशैली र सरकारको सुस्त कार्यसम्पादनलाई जोडदार आलोचना गरेका थिए । यस महाअभियानले जनतालाई आफ्नो हक र अधिकारको लागि लड्न प्रेरित गरेको बताइएको छ।