रौशन कुमार चौधरी
कार्तिक ३०, रौतहट
कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाको प्रोत्साहनका लागि महत्वपूर्ण कदम चाल्दै, २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिएका उत्कृष्ट विद्यार्थीहरूको सम्मान तथा पुरस्कृत गर्न एक भव्य कार्यक्रमको आयोजना गर्नु भएको थियो । शुक्रबार नगर प्रमुख अजय प्रकाश जैसवालले एक विशेष कार्यक्रमका बीच कटहरिया नगरपालिका स्थित रहेका सामुदायिक विद्यालयहरूबाट ३.६० भन्दा बढी न्एब् ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दै पुरस्कार वितरण गर्नु भएका छन् । कार्यक्रममा नगर प्रमुख जैसवालले ३.६० GPA भन्दा माथि ल्याएर A+ प्राप्त गर्ने पाँच जना विद्यार्थीहरूलाई ल्यापटप वितरण गरेका छन् ।
ल्यापटप प्राप्त गर्ने विद्यार्थीहरूमा प्रथम स्थानमा अनरूद यादव ३.७१, दोस्रो स्थानमा मधु साह ३.६९, तेस्रो स्थानमा सन्ध्या कुशवाहा ३.६२, चौथो स्थानमा बादसाह कुशवाहा ३.६२ र पाँचौं स्थानमा धर्मेन्द्र रायले ३.६१ अंक प्राप्त गरी A+ ल्याएका बिधार्थीहरुलाई नगर प्रमुख जैसवालले गर्भका साथ सम्मान गरेका छन् । साथै कटहरिया नगरपालिकाकै एक विद्यार्थी एमबीबीएसमा यसै वर्ष छात्रवृत्ति प्राप्त गरेका वडा नं १ भषेढवा निवासी राधेश्याम दासलाई ५ वर्षको शैक्षिक खर्चमा लाग्ने सम्पुर्ण अध्ययनरत खर्च नगरपालिकाले सहयोग गर्ने घोषणा गर्दै नगर प्रमुखले नगरपालिकाले प्रतिभाशाली विद्यार्थीहरूको शैक्षिक सपना साकार पार्न कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको क्रममा नगर प्रमुख जैसवालले विद्यार्थीहरूलाई दोसाला ओढाएर सम्मान गर्दै उज्ज्वल भविष्यको कामना गरेका थिए । उहाँले भन्नुभयो, “विद्यार्थीहरूको मेहनत र समर्पणले समुदायलाई प्रेरित गर्नेछ । यस्ता प्रयासले मात्र शिक्षामा गुणस्तर वृद्धि गर्न सकिन्छ ।“ साथै, उहाँले समुदायिक विद्यालयहरूमा शिक्षाको स्तर सुधार गर्न कटिबद्ध रहेको बताउँदै विद्यार्थीहरूको उपलब्धिलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगर प्रमुख जैसवालले भने बिधार्थीहरु आफ्नो लगनशीलता र मेहनतले कटहरिया नगरपालिकाको प्रतिष्ठा बढाउनेमा विद्यार्थीहरूको योगदान महत्त्वपूर्ण रहेको बताए । “यस्ता सम्मानले विद्यार्थीहरूलाई थप प्रोत्साहन गर्ने विश्वास छ,“ उनले भने ।
त्यति मात्र नभएर नगरपालिकामा गत साल झै यस बर्ष पनि एस.ई.ई का बिधार्थीहरुको लागी निशुल्क कोचिङ्गको ब्यवस्था साथै माथिका बिधार्थीहरुलाई लोकसेवा आयोग त्यारी गर्ने बिधार्थीहरुको लागी पनि ब्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । वहाँले भने हाम्रो नगरपालिकामा अन्य बिकास कम किन नहोस तर शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानीमा बिशेष ध्यान दिने बताउनु भएको थियो । त्यति मात्र नभएर नगर प्रमुख जैसवालले युवाहरूको शिक्षामा लगानी गर्न नगरपालिकाले विशेष योजना अघि सारेको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
त्यसतै जनता उच्च मा.वि का प्रधानाध्यापक सचिन्द्र प्रसाद यादबको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको बिशिष्ट अतिथि नगर उप–प्रमुख रिता देवी यादब, वडाअध्यक्ष श्यामाकान्त यादब, समिश बिक्रम साह र वडाअध्यक्ष रुपेश यादबले आ–आफ्नो मन्तब्य राख्दै बिधार्थीहरुको होसला बढाउर्दै आउँदो दिनमा नगरका अधिकाश भन्दा बढि बिधार्थीहरुले ए पल्स ल्याएर नगरको मान सम्मान बढाउन प्रेरित गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका विभिन्न बिधालयका प्रधानाध्यापकहरु, पदाधिकारीहरू, शिक्षक, विद्यार्थी र अभिभावकहरूको पनि उपस्थिति थियो । सम्मानित विद्यार्थीहरूले सम्मान तथा सहयोगप्रति आभार प्रकट गर्दै भविष्यमा अझ उत्कृष्ट गर्ने प्रतिवद्धता जनाए ।साथै नगरका अभिभावकहरुले नगर प्रमुखको यो कदमलाई स्वागत गर्दै नगरपालिका भर शैक्षिक क्षेत्रको सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । कटहरिया नगरपालिकाले शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासलाई बढि प्राथमिकतामा राख्दै गरेको कार्यप्रति स्थानीयहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।