रौशन कुमार चौधरी
मंसिर ०२, रौतहट
कटहरिया नगरपालिका–२ स्थित जमुनिया क्षेत्रमा विकासको सम्भाव्यता अध्ययन र नगरबासीहरूको समस्या समाधान गर्न नगर प्रमुख अजय प्रकाश जैसवालले स्थलगत अवलोकन गर्नु भएका छन् । मुस्लिम धर्मावलम्बीहरूको कब्रस्थान नजिकको क्षेत्र, स्थानीयहरूलाई खेतीपातीका लागि चुनौती बनेको खोलाको अवस्था लगायत विषयमा उनले गहन चासो व्यक्त गर्दै तत्काल आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएका छन् ।
नगर प्रमुख जैसवालले अवलोकनका क्रममा स्थानीय किसानहरूसँग प्रत्यक्ष संवाद गर्दै त्यहाँको प्रमुख समस्या आवतजावतमा कठिनाइ भएको बताए । खोलाको दुवै किनारामा रहेका कृषियोग्य जमिनसम्म सहज पहुँच पु¥याउन खोला माथि पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “यस पुलको निर्माणले स्थानीय बासिन्दाहरूलाई मात्र नभई समग्र नगरपालिकाका जनतालाई सुविधा पु¥याउनेछ ।“
वहाँले भन्नु भयो जमुनिया क्षेत्रमा रहेको खोला पार गर्न असहज भएकाले स्थानीय किसानहरूलाई खेतीपाती गर्न तथा दैनिक आवतजावतमा कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै नगर प्रमुखले सो खोलामा पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पुल निर्माणले नजिकैको बस्ती र खेतीयोग्य क्षेत्रलाई सघाउने र त्यस क्षेत्रका बासिन्दाको जीवनस्तर सुधार हुने विश्वास व्यक्त गरे ।
पुल निर्माण भएपछि बाढि आएको बेला वारीका मानिस पारी गर्ने र पारीका मानिस वारी गरेर काम गर्नमा सहज हुने नगर प्रमुख जैसवालले बिश्वास लिएका छन । यस पुल निर्माण भएपछि करिब १ हजार ५ सय बिघा खेति योग्य जमिनका किसानहरु करिब हजारौं मानिस लाभान्वीत हुने बताउनु भयो । आफ्नो नगरका विभिन्न क्षेत्रको निरीक्षण गर्दै जमुनिया क्षेत्रका स्थानीयको दीर्घकालीन समस्याहरूबारे गम्भीर चासो देखाएका छन् ।
त्यसैगरी, जमुनिया क्षेत्रकै अधुरो रहेको सडक निर्माण कार्यलाई सम्पन्न गरी पक्की सडक (ढलान) बनाउने निर्णय समेत उनले सुनाए । “सडक निर्माण सम्पन्न भएपछि जमुनियाका बासिन्दाहरूलाई दैनिक जीवनयापनमा सहजता आउनेछ,“ उनले भने । “नगरका प्रत्येक नागरिकको आवश्यकता मेरो प्राथमिकता हो । अधुरो सडक निर्माण सम्पन्न गर्न नगरपालिकाले विशेष ध्यान दिनेछ ।“
नगर प्रमुख जैसवालले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै जमुनियाका किसानहरूले भोगिरहेको सिँचाइ समस्यालाई समाधान गर्न कुलो (नहर) निर्माण गर्ने योजना पनि अघि सारेका छन् । “खेतीपातीका लागि पानीको उपलब्धता नहुँदा किसानहरूले सास्ती खेप्नुपरेको छ । यो समस्या समाधान गर्न म प्रतिवद्ध छु,“ उनले थपे ।
नगरबासीहरूको साथ र सहयोगले मात्रै समग्र विकास सम्भव हुने उल्लेख गर्दै जैसवालले नगरको हरेक क्षेत्रका समस्यालाई आफ्नो समस्या मानेर समाधान गर्ने प्रण व्यक्त गरे । “नगरपालिकाका सबै वडाहरूमा विकासका गतिविधि पु¥याउने मेरो पहिलो प्राथमिकता हो । यसका लागि नगरवासीहरूको सुझाव र सहकार्य आवश्यक छ,“ उनले भने। जमुनिया क्षेत्रमा पुल, सडक, र कुलो निर्माणजस्ता ठूला विकास परियोजनाको घोषणाले स्थानीय जनतामा उत्साह थपिएको छ ।
नगरपालिकाले यी योजनाहरूलाई चाँडै कार्यान्वयनमा लैजानका लागि विस्तृत कार्ययोजना तयार गर्ने तयारी गरिरहेको जानकारी नगर प्रमुख जैसवालले दिएका छन् । यस प्रतिबद्धताले स्थानीय बासिन्दामा सकारात्मक ऊर्जा थपिएको र विकास निर्माणमा तीव्रता आउने आशा गरिएको छ । नगरपालिकाले यी योजना कार्यान्वयन गर्न बजेट व्यवस्थापन र कार्यान्वयन प्रक्रियामा शीघ्रता ल्याउने जनाइएको छ।